
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सामाजिक सञ्जाल एक्स (ट्विटर) मा एउटा महत्त्वपूर्ण र रोचक संवाद भएको छ।
भारतमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा रवि लामिछानेले मोदीलाई बधाई दिएका हुन्।
आफ्नो सन्देशमा लामिछानेले केही समयअघि दिल्लीमा मोदीसँग भएको भेटलाई सम्झिएका छन्। उनले आफ्नो दल(पार्टी) नेपाललाई धनी र विकसित बनाउन लागिपरेको बताउँदै नेपाल र भारतको सम्बन्धलाई अझ राम्रो बनाउन चाहेको कुरा उल्लेख गरेका छन्।
विशेषगरी दुई देश मिलेर व्यापार बढाउने र सँगै अघि बढ्ने उनको भनाइ थियो।
यसको जवाफ दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि लामिछानेलाई धन्यवाद दिएका छन्।
मोदीले नेपाल भारतको निकै ‘विशेष साथी’ भएको बताएका छन्। उनले नेपालसँगको पुरानो र बलियो मित्रतालाई आगामी दिनमा अझै कसिलो र राम्रो बनाउन भारत सधैं तयार रहेको प्रतिवद्धता जनाएका छन्।
दुई नेताबीचको यो कुराकानीले आगामी दिनमा नेपाल र भारतको सम्बन्ध अझै राम्रो हुने संकेत गरेको छ।
प्रतिक्रिया