
मङ्गलको सन्ध्या काल,
सिंह लग्नको तेजसहित
झरेकी अमामिकाको
नाम छैन,अस्तित्व छ – “कुलदिपको
अक्षर छैन तर अर्थ छ – “घरमुक्तिक
भ्रुणबाट धर्ति खोज्दै,मायाको खोजी गर्दै
कर्मको गाँठो खोलेर,
मायाको झोली बोकेकी
गर्जन र कम्पन सहित,
“म आएँ, अँध्यारो हटाउन”
भन्ने संकल्पसहित “सबैलाई हाँसाउन”
धरतीमा झरेकी अपसरा
तिमी अनामिका
हात सानो छ,
दियोको उज्यालो जस्तै भाग्य छ,
बोल्न नसकेपनि
आँखामा आशीर्वाद लिने शक्ति छ।
यो नानीको कर्म लेख विधाता, सेवा गर्ने,
हारेकोलाई जिताउने, रूवाउनेलाई हँसाउने
विषयलाई समेटी
मातापिताको आँचल र छातीको ढाल बन्न
हजुरआमाको सपनाको कथा बन्न
रक्त सम्बन्धका सबैको मुटुमा बस्ने
सम्बन्धहरुको पनि त्रिवेणी बन
जन्मको प्रक्रियासँग जोडिएको विधाता
अब कलम चलाऊ
लेख – विद्या,धनसहितको सफलतालाई
मानवता र स्वस्थ दिर्घ आयुसँग जोड
सिंहको तेज र धनुषको निशानासहित
ओज र तेजको सुगन्धले भरिदेउ
अब तिमी
सबैकी तिमी भएर बाँच र हाँस
छैठीको रातसँगै तिम्रा साथमा
चन्द्र र सुर्यको ओज जोडिएर
कर्मको भाग्य जोडियोस
अनामिकालाई शुभकामना !!
सीता ओझा
प्रतिक्रिया