
यो झरीमा त्यो चरी
काग–चिबेको मनपरि
माउ–बचरा थरहरी
यो झरीमा त्यो चरी
चारा खोज्न पाएन
चारा उसै आएन
चाँचाँ–चींचीं बचेराको
खायो कि, केही खाएन?
यो झरीमा त्यो चरी
पराल र खर छ
छाना छैन; ‘घर’ छ
बिरालाको डर छ
यो विपतमा–
खोई को बोल्यो ?
कसको भन्नु– ‘भर छ ।’
यो झरीमा त्यो चरी
हाम्रो घर छ; आमा छन्
मामाघरमा मामा छन्
लाउन घाँघर–जामा छन्
खान घैया–सामा छन्
उसको को छ? खोई के छ?
यो झरीमा त्यो चरी
प्रतिक्रिया