भ्रामक समाचारविरुद्ध अर्थमन्त्रीको कडा कदम : चरित्र हत्या गर्न खोजेको भन्दै डा वाग्ले पुगे प्रेस काउन्सिल

भ्रम फैलाउने अङ्कियपत्रिका(अनलाइन) र सामाजिक सञ्जालविरुद्ध अर्थमन्त्री वाग्लेको उजुरी

इनेप्लिज २०८३ जेठ २३ गते १३:४६ मा प्रकाशित

अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. स्वर्णिम वाग्लेले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले फैलाइएका भ्रामक र झुटा समाचारविरुद्ध कडा कदम चालेका छन् । आफूलाई बदनाम गराउन नियतवश अफवाह फैलाइएको भन्दै उनले छानबिन र कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा आधिकारिक उजुरी दर्ता गराएका हुन् ।

यो विवाद विद्युतीय सवारी साधन (इभी ) को भन्सार महसुल (भन्सार कर) सँग जोडिएको छ। नयाँ बजेट आउनुअघि नै केही बिधुतिय पत्रिका र सामाजिक सञ्जालमा अर्थमन्त्रीको नाम जोडेर गलत र मनगढन्ते सूचनाहरू फैलाइएका थिए।

यस विषयमा अर्थ मन्त्रालयले तुरुन्तै स्पष्टीकरण दिँदै ती आरोपहरू पूर्ण रूपमा झुटो भएको बताएको छ। वास्तवमा, बजेट घोषणा हुनुभन्दा ठीक अगाडि सीमा नाकाहरूबाट गलत कागजातका आधारमा ७०० भन्दा बढी बिधुतिय सवारी साधन (इलेक्ट्रिक) गाडीहरू भित्र्याउन खोजिएको फेला परेको थियो। यस घटनामा निष्पक्ष छानबिन गर्न सरकारले रसुवागढीका प्रमुख भन्सार अधिकृतसहित ९ जना भन्सार कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाइसकेको छ।

अर्थमन्त्री वाग्लेले आफ्नो प्रतिष्ठा र राजनीतिक जीवनमा आँच पुर्‍याउन केही समूहले योजनाबद्ध रूपमा यस्तो अफवाह फैलाएको बताएका छन् ।

पत्रकारितालाई मर्यादित र सत्यतथ्य बनाउने निकाय ‘प्रेस काउन्सिल’ मा पुगेर उनले झुटो समाचार फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

सरकारले यस इभी भन्सार प्रकरणको पूर्ण छानबिन प्रतिवेदन चाँडै नै सर्वसाधारणका लागि सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया