जुलाईमा बाल्टिमोरमा हुने चक्रविज्ञानको प्रचारमा जुट्यो नेवाः समुदाय: जुन १० मा विशेष प्रत्यक्ष प्रसारण हुँदै

इनेप्लिज २०८३ जेठ २० गते १:०९ मा प्रकाशित

बाल्टिमोर, अमेरिका। आगामी जुलाई १४ देखि बाल्टिमोरमा आयोजना हुन गइरहेको विशेष ‘चक्रविज्ञान’ कार्यक्रमको पूर्वसन्ध्यामा अमेरिकी नेवाः समुदाय जुर्मुराएको छ। यसै सिलसिलामा यही जुन १०, २०२६ गते बुधबारका दिन नेवारी भाषा(नेपाल भाषा)मा एउटा विशेष प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने भएको छ।

उक्त विशेष कार्यक्रम ‘ई-नेपालीज’ मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएका छन्।

नेवाः समुदायको प्रतिष्ठित संस्थाहरू वर्ल्ड नेवाः अर्गनाइजेसन ,नेपाः पासा पुचः अमेरिकाय लगायतका विभिन्न संघ-संगठनहरूको उत्साहजनक सहभागिता रहने यस कार्यक्रममा जुलाईमा हुने चक्रविज्ञानको उद्देश्य, महत्व र यसका विविध आयामबारे विस्तृत जानकारी दिइनेछ।

आफ्नो भाषा र संस्कृतिको संवर्द्धन गर्दै स्वास्थ्य र चेतना जगाउने यो विशेष प्रत्यक्ष प्रसारण हेर्न र चक्रविज्ञानबारे बुझ्न आयोजकहरूले अमेरिकाबासी सम्पूर्ण नेपाली तथा नेवाः समुदायलाई हार्दिक अनुरोध गरेका छन्।

वक्ताहरुमा क्रमस सरोज देवी प्रजापति ,मनोहर लाल श्रेष्ठ ,राजेन्द्र श्रेष्ठ ,शान्ति श्रेष्ठ लगायत रहने छन् ।

प्रतिक्रिया