
अमेरिकाको सुन्दर टापु राज्य हवाईको दक्षिणी समुद्री तट नजिकै ६.० रेक्टर स्केल अर्थात् परिमाणको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण टापुभरि कडा झट्का महसुस गरिएको भए पनि तत्कालका लागि सुनामी (समुद्री आँधी) को कुनै खतरा नरहेको ‘प्यासिफिक सुनामी चेतावनी केन्द्रर’ले स्पष्ट पारेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प हवाईको स्थानीय समय अनुसार राति ९:४६ बजे गएको थियो। यसको केन्द्रविन्दु ‘होनाउनाउ-नापुपु’ क्षेत्रभन्दा झन्डै ३.७ माइल पूर्व-दक्षिणपूर्वमा र प्रसिद्ध ‘मौना लोआ’ ज्वालामुखीको पश्चिमतर्फ जमिनमुनि रहेको थियो।
भूकम्पको धक्का हवाईका विभिन्न टापुहरूमा निकै कडा रूपमा महसुस गरिएको थियो। एबिसीन्यूजका अनुसार मानिसहरूले ठूलो कम्पन महसुस गरे पनि अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको ठुलो विवरण आएको छैन। अधिकारीहरूका अनुसार हवाईका दुई प्रसिद्ध सक्रिय ज्वालामुखीहरू क्रमस ‘मौना लोआ’ र ‘किलाउया’ मा यस भूकम्पले कुनै असर पारेको छैन । समाचारका अनुसार ती पूर्ण रूपमा सुरक्षित छन्।
भूकम्प ठूलो भए पनि समयमै सुनामीको खतरा नरहेको पुष्टि भएकाले स्थानीय बासिन्दाहरूले राहतको सास फेरेका छन्। सुरक्षा निकायहरूले अहिले पनि अवस्थाको निगरानी गरिरहेका छन्।
तस्बिर : कृतिम बुद्धिमत्ता ( जेमिनाइ)
प्रतिक्रिया