
प्रधानमन्त्री बालेन शाहले नेपालकै मौलिक र ऐतिहासिक ब्रान्ड डि.डि.सिको याक चीजलाई सामाजिक संजाल मार्फत प्रवर्द्धन गर्दा बजार हाहाकार भए झैँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीमा ‘मेलोडी’ मिठाई प्रचार गर्दा बिधुतिय बजारमा हाहाकार भएको छ ।
सरकारी स्वामित्वमा रहेको र लामो इतिहास बोकेको डि.डि.सि जस्ता संस्थाहरूलाई देशको प्रमुख व्यक्तित्वले यसरी अपनत्व दिँदा उपभोक्तामा संस्थानप्रतिको विश्वास र आकर्षण ह्वात्तै बढेको छ ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीबीचको एउटा रमाइलो श्रब्यदृश्य (भिडियो )सामाजिक सञ्जालमा व्यापक भएपछि भारतमा एउटा अनौठो र रोचक घटना घटेको छ। प्रधानमन्त्री मोदीले इटाली भ्रमणका क्रममा त्यहाँकी प्रधानमन्त्री मेलोनीलाई भारतको प्रख्यात र सस्तो चकलेट अर्थात् मिठाई ‘पार्ले मेलोडी’ उपहार दिएका थिए।
त्यो श्रब्यदृश्य (भिडियो )मेलोनीले आफ्नो सामाजिक सञ्जालमा प्रकाशन गरेलगत्तै भारतका अनलाइन सपिङ एप(बिधुतिय बजार अनुप्रयोग )हरूमा मेलोडी मिठाई किन्न मानिसहरूको यति ठूलो ओइरो लाग्यो कि यो मिठाई ‘आउट अफ स्टक’ अर्थात् सकिएको छ।

रोचक कुरा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, एक्स) मा विगत केही वर्षदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको मित्रतालाई लिएर मानिसहरूले ठट्टा गर्दै दुवैको नाम जोडेर मे-लोडी ह्यासट्याग चलाउने गर्थे। यही जिस्काएको कुरालाई ध्यानमा राख्दै, प्रधानमन्त्री मोदीले यस पटक इटालीको रोम भ्रमण गर्दा मेलोनीका लागि भारतको पुरानो र चर्चित ‘मेलोडी’ मिठाई पुरिया उपहार लिएर गएका थिए।
इटालीकी प्रधानमन्त्री मेलोनीले सो श्रब्यदृश्य (भिडियो)आफ्नो आधिकारिक सामाजिक सञ्जालमा साझा ( सेयर )गर्दै हाँसेर भनिन्, “प्रधानमन्त्री मोदीले हाम्रा लागि एकदमै मिठो टफी (चकलेट मिठाई ) उपहार ल्याइदिनुभएको छ, धन्यवाद।” दुई देशका ठूला नेताहरू करिव भारु १ पर्ने साधारण भारतीय मिठाई समातेर हाँसेको यो श्रब्यदृश्य सामाजिक संजाल डढेलो जस्तै फैलियो।
यो श्रब्यदृश्य (भिडियो )भाइरल अर्थात् व्यापक हुनासाथ भारतका करोडौँ मानिसहरूमा त्यही मिठाई खाने रहर जाग्यो। नेपालमा पनि बालेनले खाए पछि बजारमा त्यस्तै भएको छ ।

मानिसहरूले सामान छिटो ढुवानी गर्ने बिधुतिय अनुप्रयोग अर्थात् अनलाइन एपहरू मा गएर मेलोडी चकलेट यति धेरै माग गरे पछि केही घण्टाभित्रै भारतका धेरैजसो ठाउँमा यो मिठाई सकियो । मानिसहरूले मिठाई किन्न खोज्दा स्क्रिनमा “सामान उपलब्ध छैन” भन्ने सूचना देखा पर्न थाल्यो।
कम्पनी र सेयर बजारमा अचम्मको असर:
यो मिठाई उत्पादन गर्ने प्रतिष्ठान ‘पार्ले प्रोडक्ट्स’ का उपाध्यक्ष मयांक शाहले संचार माध्यमहरुलाई उनीहरूले यस्तो मागको कल्पना नै नगरेको बात्ये । यो विज्ञापन बिना नै संसारभर ब्रान्डिङ (मार्का )भएको क्षण हो। अहिले प्रतिष्ठानले बजारमा मेलोडी मिठाईको माग पूरा गर्न कारखानाहरूमा उत्पादन तीव्र गतिमा बढाउन निर्देशन दिएको छ।
अझ अचम्मको कुरा, सेयर बजारमा नाम मिल्ने अर्को एउटा प्रतिष्ठान ‘पार्ले इन्डस्ट्रिज’ (जसले यो मिठाई बनाउँदैन) को सेयर मूल्य पनि मानिसहरू झुक्किएर झुम्मिँदा ५ प्रतिशतले बढेको छ।
प्रतिक्रिया