हर्कको ‘हर्कत’: संसदीय मर्यादा मिचेको भन्दै सभामुखको अन्तिम चेतावनी,बहुमत भएको रास्वपाका प्रधानमन्त्री सँग राजिनामा माग्नु हास्यास्पद

इनेप्लिज २०८३ जेठ ७ गते २:१४ मा प्रकाशित

श्रम संस्कृति दलका अध्यक्ष एवं प्रतिपक्षी दलका नेता हर्क साम्पाङ अहिले व्यापक(भाइरल) भएका छन् । राष्ट्रिय राजनीतिमा एउटा ठूलो आशा जगाउँदै उदाएका ‘श्रम संस्कृति पार्टी’ का अध्यक्ष एवं प्रतिपक्षी दलका नेता हर्क साम्पाङको पछिल्लो व्यवहारलाई लिएर चौतर्फी गम्भीर प्रश्न उठ्न थालेका छन्।

संसद्मा सरकारले नीति तथा कार्यक्रम पेस गरे देखि नै साम्पाङ र उनका सांसदहरूले प्रतिनिधि सभाको नियमावलीको धज्जी उडाउँदै निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। प्रत्यक्ष तर्फबाट केवल ३ सिट र कुल ७ सिट जितेको दलले १८२ सिट अर्थात् बहुमत भएको रास्वपाका प्रधानमन्त्रिसँग राजिनामा माग्नु हास्यास्पद भएको छ ।

जति खेर पनि राजिनामा किन मागेको ? राजिनामा दिन काण्ड माथी काण्ड गर्नु पर्छ । देश र जनतालाई धोका दिएमा र देशद्रोह गरेमा या यस्तै काण्ड गरेमा जनताले राजिनामा माग्ने छन् । तर संसदमा पुग्यो कि राजिनामा माग्यो ? यही हो त सांसद हर्क साम पाङ्गको चाल ? हर्क साम्पाङ्ग न्यायधिश हो ? १८२ सिट भएको दलका वरिष्ठ उपाध्यक्ष माथि राजिनामा माग्ने ? धरानमा सप्तकोशीबाट कसरी पानी धरान ल्याउने त्यो पो माग्नु पर्छ ?

यस विषम परिस्थितिबीच, संसद् बैठकमा अमर्यादित हर्कत नगर्न र संसदीय सर्वोच्चता कायम राख्न सभामुख डिपी अर्यालले हर्क साम्पाङ र उनको दललाई अन्तिम चेतावनी दिएका छन् ।

मर्यादापालकको आँखा छलेर संसद् भित्र सुटुक्क पर्चा-पम्पलेट लुकाएर लैजाने, सभामुखको आसन अगाडि (वेलमा) पुगेर अमर्यादित रूपमा प्लेकार्ड प्रदर्शन गर्ने र बैठक बहिस्कार गरेर सञ्चारमाध्यमका लागि बाहिरिने साम्पाङको शैलीलाई राजनीतिक अपरिपक्वता र सस्तो लोकप्रियता (पपुलिजम) को चरम नमुना मानिएको छ।

राजनीतिक विश्लेषक हेमन्त सेढाईका अनुसार, संसद् नियमावली अनुसार आफ्ना कुरा राख्ने निश्चित प्रक्रिया र सभामुखसँग समय माग्ने नियम हुन्छ। तर, हर्क साम्पाङले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै संसद्लाई आफ्नो व्यक्तिगत गफगाफ वा युट्युब श्रव्यदृश्य छायाङ्कन (भिडियो सुटिङ) गर्ने थलो जस्तो बनाएका छन्। विश्लेषक सेढाईंले कडा टिप्पणी गर्दै भनेका छन् , “संसद् भित्र प्लेकार्ड देखाएर रहर पूरा गर्ने हो भने हर्क साम्पाङ सडकमा आउनुपर्छ र सिंहदरबारको संसद् छोडेर माइतीघर मण्डला रोज्नुपर्छ।”

यति मात्र होइन, सामाजिक सञ्जालमा अहिले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति दलले उठाएको डलर र क्युआर (QR) कोडको चन्दा रकम कहाँ गयो भन्दै ‘क्युआर आतंक’ माथि गम्भीर प्रश्न उठ्न थालेको छ। “अरूको आङको जुम्रा देख्ने तर आफ्नो आङको भैँसी पनि नदेख्ने” भन्दै आम नागरिकहरूले साम्पाङसँग यस विदेशी चन्दाको पारदर्शिता र आधिकारिक हिसाब मागिरहेका छन्।

अर्कोतर्फ, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मौन रूपमा देश र जनताको काम गरिरहेका बेला, हर्क साम्पाङ भने रवि लामिछाने र बालेन शाह दुवैलाई खराब देखाएर आफू मात्र सच्चा देशभक्त बन्ने भ्रम फैलाउन उद्धत देखिएका छन्।

जनताले पुराना दलहरूको बेथिती र बेथिति सुधार्न नयाँ शक्तिलाई सदनमा पठाएका थिए, तर “जुन जोगी आए पनि कानै चिरेको” भने झैँ संसद्को मूल्यवान् समय बर्बाद गरेर अराजकता फैलाउने हर्क साम्पाङको यस्तो उग्र शैलीले अन्ततः उहाँकै जनमत, साख र राजनीतिक मूल्य स्वाट्टै घटाउने निश्चित देखिएको छ।

प्रतिक्रिया