
अमेरिकी संसद् भवन (क्यापिटल हिल) मा सन् २०२१ जनवरी ६ मा भएको आक्रमणको बेला रक्षा गर्ने दुई जना साहसी प्रहरी अधिकारीहरूले सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।
उनीहरूले ६ जनवरीको दंगामा संलग्न भएका मानिसहरूलाई सरकारले दिन लागेको ठूलो रकम रोक्न माग गर्दै बुधबार यो कदम चालेका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले त्यसबेला संसद् भवनमा हिंसात्मक आक्रमण गरेका थिए।
अहिले ट्रम्प सरकारले ‘राजनीतिक प्रतिशोधका कारण कानुनी कारबाहीमा परेका’ भनिएका मानिसहरूका लागि १.७७६ बिलियनडलरको एउटा ठूलो राहत कोष बनाएको छ। यो कोषलाई सरकारले ‘एन्टी-वेपनाइजेसन फन्ड’ नाम दिएको छ।
तर, प्रहरी अधिकारीहरू र उनीहरूका वकिलहरूका अनुसार यो कोष गैरकानुनी छ। राष्ट्रपति ट्रम्पले आफ्ना लागि हिंसा गर्ने र संसद् भवनमा आक्रमण गर्ने अपराधीहरूलाई पैसा बाँड्न यो कोषको दुरुपयोग गर्न लागेको उनीहरूको आरोप छ।
मुद्दामा यो कदमलाई ‘यो शताब्दीकै सबैभन्दा ठूलो र लाजमर्दो राष्ट्रपति भ्रष्टाचार’ भनिएको छ र यो कोषलाई तुरुन्तै खारेज गर्न माग गरिएको छ। अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले संसद्को सुनुवाइमा यो कोषको बचाउ गरे पछि यो विरोध आएको हो ।
उनले ६ जनवरीमा प्रहरीमाथि आक्रमण गर्ने दङ्गाकारीहरूले पनि यो कोषबाट पैसा पाउन सक्ने सम्भावनालाई अस्विकार नगरेको एपिले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
ब्लान्च पहिले ट्रम्पका निजी वकिल थिए। प्रहरीका तर्फबाट दायर गरिएको मुद्दामा भनिएको छ, “यस्तो कोष बनाउन कुनै कानुनले अनुमति दिँदैन। यो सम्झौता एउटा ठगी हो, जसले अमेरिकी संविधान र संघीय कानुनको सीधा उल्लंघन गर्छ।”
प्रतिक्रिया