
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ मा भव्य भेटवार्ता भएको छ। बिहीबार बिहान करिब १० बजे स्थानीय समय अनुसार ट्रम्प त्यहाँ पुग्दा चिनियाँ राष्ट्रपति सीले उनलाई विशेष स्वागत गरेका थिए ।
भेटघाटको सुरुमा दुवै नेताहरूले हात मिलाएका थिए । त्यसपछि दुवै देशको राष्ट्रिय धून बजाइएको थियो, जहाँ दुई नेताहरू सँगै उभिएका थिए। रातो गलैचामा हिँड्दै उनिहरूले चिनियाँ सेनाको ‘अनर गार्ड’ (सम्मान गारत) को निरीक्षण गरे । फूल हल्लाइरहेका दर्जनौँ बालबालिका अगाडि दुवै नेताहरू केही बेर रोकिएर उनीहरूको उत्साहमा सहभागी भए ।
बैठकको सुरुमा राष्ट्रपति ट्रम्पले राष्ट्रपति सी जिनपिङको खुलेर प्रशंसा गरे । ट्रम्पले भने , “हाम्रो सम्बन्ध धेरै राम्रो छ। सानातिना समस्या आए पनि हामीले मिलेर समाधान गरेका छौँ।” ट्रम्पले सीलाई एक ‘महान् नेता’ को संज्ञा दिँदै भने उहा उहाँ सत्य मात्र बोल्नुहुन्छ।

ट्रम्पले आफ्नो साथमा ठूलो व्यापारिक टोली पनि ल्याएक छन् । उनले यस बैठकलाई “अहिलेसम्मकै ठूलो शिखर सम्मेलन” हुन सक्ने बताए । अमेरिकामा अहिले सबैतिर यसै वार्ताको चर्चा भइरहेको र चीनसँगको सम्बन्ध पहिलेभन्दा अझ मजबुत हुने विश्वास उनले व्यक्त गरे ।
सी जिनपिङको सन्देश: सहकार्यमा जोड :
चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि दुई देशबीचको साझा स्वार्थ र मित्रतामा जोड दिएका छन् । उनले भने “यदि एउटा देश सफल भयो भने त्यो अर्को देशका लागि पनि अवसर हो। चीन र अमेरिका मिल्दा दुवैलाई फाइदा हुन्छ, तर झगडा गर्दा दुवैलाई घाटा हुन्छ।” उनले अब हामी प्रतिद्वन्द्वी (दुश्मन) होइन, साझेदार (साथी) बनेर अघि बढ्नुपर्ने कुरामा जोड दिए ।
विशेष गरी, अमेरिकाको स्थापनाको २५० औँ वर्षगाँठको सन्दर्भमा सीले सन् २०२६ लाई इतिहासमै एउटा नयाँ अध्याय सुरु हुने वर्ष बनाउने इच्छा व्यक्त गरे । उनले दुई देशको सम्बन्धलाई एउटा ‘विशाल जहाज’ सँग तुलना गर्दै यसलाई सही दिशामा लैजान ट्रम्पसँग सहकार्य गर्न तयार रहेको बताए।
यस भेटवार्ताले विश्वका दुई शक्तिशाली देशहरूबीच व्यापार र राजनीतिक सम्बन्धमा नयाँ सुधार ल्याउने अपेक्षा गरिएको छ। दुवै नेताहरूले विश्वका महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरेर संसारलाई नै सकारात्मक सन्देश दिने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया