
भारतको असम प्रान्तको १६औ मुख्यमन्त्रीको रुपमा गत मे १२ तारिख मङ्गलबार डा हिमन्त विश्व शर्मा ले राज्यपालबाट शपथ ग्रहण गरेका छन्। उनको यो दोस्रो कार्यकाल हुनेछ । साथै उनले चारजना मन्त्री समेतलाई समेटेर सानो मन्त्रिमण्डल गठन गरिसकेका छन्। उनी असमका लोकप्रिय राजनीतिज्ञ तथा नेताका रुपमा परिचित छन्।
डा हिमन्त विश्व शर्माको जन्म सन् १९६९ फेब्रुअरी १ तारिख जोरहाट जिल्लामा भएको थियो। उनको बाल्यकालको अवस्था पनि जोरहाटमै बित्यो । शिक्षाको प्रारम्भ पनि जोघाटबाटै भयो। डा हेमन्त को राजनीति विद्यार्थी आन्दोलनबाट सन् १९९० देखि सुरु भएको हो । तार्किक तथा हक्की स्वभावका डा हिमन्त सानै उमेरदेखि जनताका समस्यामा चिन्तित देखिन्थे। पछि उनले कानुनमा डिग्री हासिल गरेका छन् । पृष्ठभूमि कानुनबाट राजनीतिमा प्रवेश गरेका उनी सुरुमा भारतीय राष्ट्रिय कांग्रेसबाट विधानसभामा चुनिएका थिए। असमको जालुकबारी विधानसभा समष्टिबाट सन् २००१/ २००६ र २०११ मा भारतीय राष्ट्रिय कांग्रेसबाट निर्वाचित भएका थिए। तरुण गोगैई मन्त्रिमण्डलमा उनले शिक्षा तथा स्वास्थ्य मन्त्री को जिम्मेवारी पाएका थिए। सन् २०१५ मा डा हिमन्त विश्व शर्मा ले भारतीय राष्ट्रिय कांग्रेस परित्याग गरी भारतीय जनता पार्टीमा प्रवेश गरेका हुन् । उनी तीनपटक भारतीय राष्ट्रिय कांग्रेस जालुकबारी समष्टिबाट विधायक बनेका थिए।
२०१६ सन को विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी बाट उनले अत्याधिक मतसहित विजय हासिल गरेका थिए। त्यसैगरी सन् २०२१ र सन् २०२६ मा पनि जालुकबारी समष्टिबाट भारतीय जनता पार्टीको तर्फबाट अत्याधिक मत का साथ निर्वाचित भएका हुन्।
असम प्रदेशमा १२६ वटा विधानसभा समष्टि छन् भने लोकसभा समष्टि १४ वटा तथा राज्य सभा को सिट सङ्ख्या ७ वटा छन् । असम प्रान्तको विकासको लागि लगातार तेस्रोपटक भारतीय जनता पार्टी सरकारमा गएको हो। भर्खरै सम्पन्न विधानसभा निर्वाचनमा १२६ समष्टिमध्ये भारतीय जनता पार्टी ले ८२ समष्टिमा विजय भएको छ भने विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले १९ वटा समष्टिमा मात्र विजयी भएको छ त्यसैगरी त्यहाँको स्थानीय दल असम गण परिषद्ले १० वटा समष्टिमा जित हासिल गरेको छ। अन्य ससाना दलहरूले केही सिट मा जित हासिल गरेका छन्। नेपाली मूलका दुईजना विधायक भारतीय जनता पार्टीबाट निर्वाचित भएका छन । भारत को मुटु असम प्रदेश लाई मानिन्छ । असमको कुल क्षेत्रफल ७८ हजार ४३८ वर्ग किलोमिटर रहेको छ। ३३ वटा जिल्ला र ७० वटा महकुमा प्रशासनिक क्षेत्र हो। असमको राजधानी दिसपुर ( गुवाहाटी ) हो । असमको उत्तरमा भुटान दक्षिणमा मेघालय मिजुराम र त्रिपुरा पूर्वमा अरुणाचल प्रदेश नागाल्याण तथा म्यानमार रहेको छ । त्यसैगरी पश्चिममा पश्चिम बङ्गाल र बङ्गलादेश असमको सिमा हो। असमको कुल जनसङ्ख्या करिब करिब ३ करोड १२ लाख को हाराहारीमा देखिन्छ। जातजातिको हिसाबले असामको प्रमुख जाति रैथाने असमिया हो भने अन्य जातिहरूमा बोडो काबी राभा मिसिन दिमासा देउरी गोर्खाली बङ्गाली लगायतका जातजाति हरू बसोबास गर्दछन्। असमको मुख्य चाड विहु हो। मुख्य सहरहरू गुवाहाटी डिब्रुगड जोरहाट शिवसागर तेजपुर लखिमपुर डिफु तिनसुकिया नगाउँ डिफु लगायतका छन्। आर्थिक हिसाबले हेर्दाखेरि असममा चिया खेती र पेट्रोलियम पदार्थको व्यापार अत्यन्तै राम्रो छ। राज्यको मुख्य आयस्रोत चिया र पेट्रोलियम पदार्थ नै हो। प्रति व्यक्ति आय १७ सय अमेरिकी डलर रहेको छ । धार्मिक क्षेत्रले असम प्रख्यात छ। महाकामाख्या मन्दिर मा मृत्युञ्जय मन्दिर गुरु शंकरदेव माधवदेव देवालय उमानन्द मन्दिर पवित्र नदी ब्रह्मपुत्र लगायतले असम धार्मिक हिसाबले प्रख्यात मानिन्छ । सन १९९० देखि असमको विकासका लागि त्यहाँका शिक्षित समुदायहरूले आवाज उठाउँदै आएका छन्। पूर्वोत्तर भारतमा सातवटा प्रदेशहरू छन्। सातवटा प्रदेश मध्ये असमको विकास द्रुत गतिमा भएको देखिन्छ । असम सरकारले असहाय गरिब तथा निमुखा जनतालाई विशेष राहत प्याकेज घोषणा गरेर उनीहरूको जीवनस्तर वृद्धि गर्न कम्मर कसेको छ ।
आगामी पाँच वर्षका लागि भारतीय जनता पार्टी नेतृत्वको सरकारलाई शुभकामना तथा बधाई सहित कार्यकाल सफलताको शुभकामना। डा हेमन्त विश्व शर्माको नेतृत्वमा गठन भएको सरकारले त्यहाँका सबैजनाको जीवनस्तर वृद्धिको लागि अहोरात्र खटिएर सबै जनतालाई खुसी पार्नु आवश्यक देखिन्छ । विशेषगरी शिक्षा स्वास्थ्य रोजगार लगायत क्षेत्रमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता हो। आगामी पाँच वर्ष आर्थिक विकास तीव्र गतिले वृद्धि गरेर जनतालाई जनताको सरकार हो भनेर विश्वास दिलाउन सक्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया