
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिउँसो चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । उनले त्यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग विशेष भेटवार्ता गर्ने छन् ।
यस भ्रमणको मुख्य उद्देश्य इरानलाई अमेरिकी सर्तहरू मान्न तयार पार्नु र विश्व व्यापारका लागि निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मोज’ जलडमरुको बाटो पुनः खुला गराउनु रहेको छ। यद्यपि, ह्वाइट हाउसबाट निस्कने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो प्राथमिकता व्यापारमा रहने संकेत दिए।
ट्रम्पले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने ,हामीसँग छलफल गर्नुपर्ने धेरै विषयहरू छन्। इरानको विषयमा म धेरै कुरा गर्दिनँ, किनकि इरान अहिले हाम्रो नियन्त्रणमा छ।” उनले व्यापारलाई नै यस भ्रमणको केन्द्रीय मुद्दा बनाइने बताए ।
राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आफ्नो ‘राम्रो मित्र’ को रूपमा व्याख्या गरे । उनले अगाडी भने, “हामी दुवै यो भेटघाटलाई लिएर निकै उत्साहित छौँ। हामीबीच राम्रो सम्बन्ध छ र मलाई विश्वास छ कि यो भ्रमणबाट केही राम्रा परिणामहरू निस्कनेछन्।”
यो भ्रमणलाई विश्वभर निकै चासोका साथ हेरिएको छ।
प्रतिक्रिया