अमेरिका लगायत विश्वका धेरै देशहरूमा मे १० मा ‘मदर्स डे’ अर्थात् आमाको मुख हेर्ने दिन मनाइदै , राजिब श्रेष्ठद्वारा कैद गरिएका तस्बिरहरु

इनेप्लिज २०८३ वैशाख २७ गते ०:४५ मा प्रकाशित

आइतबार, सन् २०२६ मे १० तारिखका दिन अमेरिका लगायत विश्वका धेरै देशहरूमा ‘मदर्स डे’ अर्थात् आमाको मुख हेर्ने दिन धूमधामका साथ मनाइँदैछ। संयुक्त राज्य अमेरिकामा हरेक वर्ष मे महिनाको दोस्रो आइतबारलाई आमा, हजुरआमा र मातृत्वको सम्मान गर्ने विशेष दिनको रूपमा लिइन्छ।

यसै अवसरमा ३ दशक देखि फोटोग्राफी (छायाचित्रकार )मा एक कुशल फोटोग्राफरको रुपमा काम गर्दै आएका श्रेष्ठले अमेरिकामा पनि त्यसलाई निरन्तरता दिएका छन् । डिसी महानगर क्षेत्रमा बसोबास गर्ने बिभिन्न परिवारहरुको उनले तस्बिरहरु कैद गरेका छन् । उनले बिभिन्न चाडपर्व ,उत्सव आदी इत्यादीमा बेला बेलामा तस्बिरहरु खिच्ने र इनेप्लिजलाई पनि दिदै आएका छन् ।

आमाको मुख हेर्ने यो दिन केवल भावनासँग मात्र जोडिएको छैन, यसले ठूलो आर्थिक महत्त्व पनि बोकेको छ। नेशनल रिटेल फेडरेशनको तथ्याङ्क अनुसार, यस वर्ष अमेरिकामा आमाको मुख हेर्ने दिनमा उपहार र उत्सवका लागि गरिने खर्चले नयाँ कीर्तिमान राख्ने देखिएको छ।

यस वर्ष अमेरिकी उपभोक्ताहरूले आमाको मुख हेर्ने दिनमा कूल ३८ बिलियन डलर खर्च गर्ने अनुमान गरिएको छ। यो रकम अहिलेसम्मकै उच्च हो। तथ्याङ्क अनुसार, औसतमा एक व्यक्तिले आफ्नो आमा वा आमा समानका व्यक्तित्वलाई उपहार दिन करिब २८४ डलर खर्च गर्नेछन्।

आफ्नी आमालाई सम्मान गर्नका लागि मानिसहरूले विभिन्न उपहारहरू जस्तै– गहना, फूल, शुभकामना पत्र (ग्रिटिङ कार्ड), र रात्री भोजन (डिनर )वा घुमघाममा खर्च गर्ने गरेका छन्। विशेषगरी आमाहरूको योगदानलाई कदर गर्न र आमाहरूले हाम्रो जीवनमा पुर्‍याएको निस्वार्थ सेवाको सम्मान स्वरूप यो दिन विशेष उपहार दिएर खुसी बाँड्ने चलन छ।

यो दिनले परिवारका सदस्यहरूलाई एक ठाउँमा ल्याउने र आमाप्रति कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्दछ।

यसरी यस वर्षको मे १० तारिख अर्थात् आमाको मुख हेर्ने दिन प्रेम र आर्थिक दुवै हिसाबले ऐतिहासिक हुने देखिएको छ।

प्रतिक्रिया