अमेरिकाको डेनभर विमानस्थलमा दुर्घटना: फ्रन्टियर एयरलाइन्सको जहाजसँग ठोक्किँदा एक व्यक्तिको मृत्यु

२३१ यात्रुको ज्यान जोगियो,आपतकालीन ढोकाबाट यात्रुहरूको उद्धार

इनेप्लिज २०८३ वैशाख २६ गते ११:४० मा प्रकाशित

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलबाट गत शुक्रबार लस एन्जलसका लागि उड्न लागेको फ्रन्टियर एयरलाइन्सको उडान संख्या४३४५ सँग धावनमार्ग मा हिँडिरहेका एक व्यक्ति ठोक्किएका छन्।

शुक्रबार राति ११:१९ बजे जहाज उड्नका लागि धावनमार्गमा गुडिरहेको बेला अचानक एक व्यक्ति जहाजको अगाडि परे । ती व्यक्ति जहाजको एउटा यन्त्रमा परेका कारण इन्जिनमा केही बेर आगलागी भएको थियो। विमानस्थलका कर्मचारी र दमकलले तुरुन्तै उक्त आगो निभाएका थिए।

यन्त्रमा आगो लागेपछि जहाजको भित्री भागमा धुवाँ भरिन थाल्यो। विमानका बिमानचालकहरूले तुरुन्तै खतराको संकेत दिए र यात्रुहरूलाई ‘इभ्याकुएसन स्लाइड’ (हवाइ जहाजबाट ओर्लन प्रयोग गरिने विशेष चिप्लेटी) मार्फत बाहिर निकालियो। विमानमा सवार २३१ जना यात्रु र चालक दलका सदस्यहरू सबै सुरक्षित रहे पनि एक जना यात्रुलाई सामान्य चोट लागेको छ। सबै यात्रुहरूलाई बसमार्फत बिमानस्थलको अघिल्लो स्थानको कक्ष (टर्मिनल)मा पुर्‍याइएको थियो।

यो घटनापछि डेनभर विमानस्थलको ‘रनवे १७एल’ अनुसन्धानका लागि बन्द गरिएको छ। विमानस्थलका अधिकारीहरू र प्रहरीले ती व्यक्ति कसरी कडा सुरक्षा घेरा तोडेर धावनमार्गसम्म पुगे भन्नेबारे गम्भीर छानबिन गरिरहेका छन्। फ्रन्टियर एयरलाइन्सले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

अमेरिकी यातायात सुरक्षा निकायलाई पनि यसबारे जानकारी गराइएको छ। विमानस्थलको धावनमार्ग अत्यन्तै सुरक्षित र प्रतिबन्धित क्षेत्र हो, जहाँ सर्वसाधारणलाई जान पूर्ण रूपमा निषेध गरिएको हुन्छ।

प्रतिक्रिया