
आजको विश्व तीव्र भौतिकवाद, उपभोक्तावाद, हिंसा, भ्रष्टाचार र नैतिक विचलनको संकटबाट गुज्रिरहेको छ। लोकतन्त्रलाई शासन प्रणालीका रूपमा होइन, मानव जीवनको गरिमा, स्वतन्त्रता, समानता र सहअस्तित्वको मूल्यमा आधारित सामाजिक संस्कृतिका रूपमा बुझ्न आवश्यक भएको छ। लोकतान्त्रिक समाज तब मात्र सुदृढ र दीर्घकालीन बन्न सक्छ, जब त्यसको आधार मानवता, नैतिकता र अध्यात्मिक चेतनामा स्थापित हुन्छ।
वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मुल्यको ह्रास हुन थालेको अवस्था छ । यो समस्या नेपाली समाजमा पनि स्पस्ट रुपमा देख्न सकिन्छ ।
नेपाली समाजको संरचना पछिल्लो दिनहरुमा खलबलिन थालेको छ । समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ । समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पुरा गर्न मानिसलाई नकारात्मकतर्फ डोर्याउने प्रयास हुँदै आएको छ ।समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजलाई उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्क सोचको धनी बनाउन आवश्यक छ । नकारात्मकताले नेपालीको मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दै आएको छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता अपनाउनु पर्छ अन्यथा यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ । तसर्थपनि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय वितेपछि हतारमा गरेका हरेक कार्यहरु सहानुभुति समान अर्थहिन रहन्छ भन्ने कुरा सोचेर कार्य गर्नुपर्छ ।
मानवीय मूल्यमा मानवको अवधारणा, विचार, विश्वास, मनोवृत्ति, वफादारीता,वुद्धि,विवेक,चेतना,आदर,सत्कार, प्रेम, स्नेह आदि मानवीय गुणहरू समावेश हुन्छन्। यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई क्रमशः पालनपोषण गरिन्छ । वसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिनः र बहुजनहितायलाई मानवीय मूल्य मान्यताको महत्वपुर्ण मानक मानिन्छ । मानव मूल्य एक व्यापक अवधारणा हो। सामान्यतया यसमा ती सबै मूल्यहरू समावेश हुनुपर्छ जुन मानवको चौतर्फी विकाससँग सम्बन्धित छन् । समाजमा रहेका अनेक किसिमका विकृति विसङ्कती हटाउन र समाजमा सद्भाव ल्याउन मानवीय मूल्य मान्यताको विकास आवश्यक पर्दछ। मानवीय मूल्यमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिइन्छ र मानवीय मूल्यमा नै सम्पूर्ण मानव जातिको कल्याण निहित रहेको कुरा पनि स्पष्ट गरिएको छ । अर्थात् मानवीय मूल्यमान्यता सर्वव्यापी र सार्वजनिक हिततर्फ अघि बढ्छ । यसमा जनहित र मानव उत्थानका लागि आफूले बलिदान गर्छु भन्ने भावना प्रत्येक व्यक्तिमा निहित हुन्छ ।
मानवता भनेको प्रत्येक व्यक्तिको सम्मान, करुणा, सहिष्णुता र सहअस्तित्वप्रतिको भाव हो। नैतिकताले सत्य, इमानदारी, उत्तरदायित्व र न्यायको मार्ग निर्देशित गर्छ भने अध्यात्मवादले व्यक्तिलाई आत्मचिन्तन, आत्मानुशासन र सार्वभौमिक कल्याणतर्फ उन्मुख गराउँछ। यी तीन तत्वको समन्वय बिना लोकतन्त्र सत्ता संघर्ष, स्वार्थ र विभाजनको माध्यम मात्र बन्न सक्छ।
नेपालजस्ता बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा लोकतन्त्रलाई स्थायी र समावेशी बनाउन मानवीय मूल्य र नैतिक चेतनाको विशेष आवश्यकता छ। समाजमा बढ्दो भ्रष्टाचार, असहिष्णुता, हिंसा र सामाजिक विखण्डनले अध्यात्मिक तथा नैतिक शिक्षाको महत्व झन् बढाएको छ। त्यसैले मानवता, नैतिकता र अध्यात्ममा आधारित लोकतान्त्रिक समाज निर्माण आजको समयको अपरिहार्य आवश्यकता बनेको छ।
नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ । यी संस्थाहरुले मानिसलाई नैतिक मुल्य र मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन जोड दिन्छ । पारिवारिक मूल्य मान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसँग जोड्नमा ठूलो सहयोग गदर्छ । मूल्य र मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुँदा व्यक्तिले सामाजिकीकरणका अधारभूत सीपहरु समेत परिवारबाटै प्राप्त गर्दछ ।
अतः व्यक्तिले अपनाउने मूल्य र मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ । परिवार कुनैपनि व्यक्तिको नैतिक मुल्य र मान्यता सिक्ने पहिलो महत्वपुर्ण पाठशाला हो । परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरुको जीवनशैली तथा उनीहरुले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ । त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न पारिवारिक सिकाईको महत्वपुर्ण भूमिका हुन्छ । त्यसको लागि पनि परिवार तथा समाजले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ ।
मानव मूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण,वातावरणीय तत्वहरूको संयमित उपयोग र सिङ्को जीवजगतप्रति नै करुणा,मैत्री,सहअस्तित्व र प्रेमभाव सिकाउँछ । मानव मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन,सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ । “सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।“ यो शास्वत उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । सवको हाम्रो समृद्धि यसै नारावाट निर्देशित हुनु पर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको सर्वजन हिताय,सर्वजन सुखायको मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ । विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँंग जोड्नु आवश्यक छ । मानवीय जीवनको महत्वपूर्ण पक्षहरु सत्य, अहिंसा, प्रेम,दया, शान्ति र करुणालाई मानवीय मूल्यको रुपमा विश्वले स्वीकारेको छ । मानवीय मूल्यहरु नै सामाजिक र धार्मिक मूल्यको आधारस्तम्भ हुन् ।
पारिवारिक सिकाईबाट नै समाजको संरचनाको निर्धारण हुने गर्दछ । समाजमा बस्ने मानिसहरुको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था, विगतका चलनचल्ति जस्ता गतिविधिको समग्रता नै समाज हो । समाजमा बस्ने मानिसहरुको नैतिक मूल्यमान्यताबाट नै सामाजिक संस्कारको विकास हुने गर्दछ । यसले व्यक्तिको मानसिक वृद्धि र विकासमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ । अतः परिवारले यसको लागि उपयुक्त वातावरण निर्धारण गर्न सक्नुपर्दछ । समाजमा सद्गुणी,आचरणयुक्त,विवेकी,न्यायपुर्ण मानिसले नै समाजप्रति सकारात्मक धारणा निर्धारण गराउन सक्दछन् र समाजमा महत्वपूर्ण योगदान गर्न सघाउँदछ । यसका लागि असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रय दिनुपर्छ ।
शिक्षा मानव मूल्यहरूको अभिवृद्धि गर्नु हो । यथार्थमा सत्य, धर्म, शान्ति, प्रेम र अहिंसारूपी मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र इमानदारीपूर्वक अरूमाझ पुर्याउने व्यक्ति शिक्षित व्यक्ति हो ।नेपालको परिवेशमा पछिल्ला दशकमा परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अतिक्रमण, मदिरा र लागू पदार्थ, नेपाली परम्परा, संस्कृति र मूल्यहरूमा ह्रास, भौतिकवाद, प्रदूषण, भ्रष्टाचार, समाजलाई विखण्डन गर्ने बिधर्मी शक्तिहरूको बिगबिगीजस्ता अभ्यास मूल्यमा आधारित शिक्षाको अभावबाटै सिर्जना भएको हो ।वर्तमान शिक्षाले भाषा र अवधारणा सिकायो । तर, आफूसँग र अरूहरूसँग कसरी सन्तुलित जीवनयापन गर्ने भन्ने सिकाउन सकेन । आजकलको शिक्षा दिमागलाई किताबी कुराले भर्ने, भरिएको कुरा परीक्षा भवनमा खन्याउने र घर फर्कंदा रित्तो दिमाग फर्कने प्रक्रियाको रहेको छ । सुन्दर जीवनको परिकल्पना मानवीय मूल्यमा आधारित शिक्षा हो ।
शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानव यन्त्र निर्माण पक्षधरहरूको बीचमा हुनेछ । जीवनको मूल्यबोध गराउनु, मानवीय संवेदना र अस्तित्वको पहिचान गर्न सक्षम बनाउनु, जीवनका कठिनतम् क्षण, असफलतामा आफूलाई शान्त, सौम्य र शालीन हुन सिकाउनु, जीवन संघर्षमा लड्नुलाई सामान्य विषय मान्दै नहडबढाइ उठ्ने र सम्हालिएर फेरि हिंड्न सिकाउनु नै वास्तविक अर्थको शिक्षा हो ।
शिक्षा जीवनको मूल्यलाई अधिक बनाउने साधन हो । मानवीय मूल्यको सापेक्षमा शिक्षालाई विकास गर्नुपर्छ । सभ्य मानव, समुदाय र समाजको निम्ति उपयोगी बनाउन र सहज जीवनयापनको गोरेटो बन्नुपर्छ, शिक्षा । त्यसैले, यसका निम्ति विभिन्न प्रयास भइरहेका छन् । सिक्ने र सिकाउने क्रममा निश्चित शिक्षा प्रणालीको विकास भएको छ । यो निरन्तर प्रक्रिया हो । किताब पढेर मान्छे महान् हुँदैन, डिग्री सामान्य औपचारिक मापन मात्र हो, जीवनका लागि तिनीहरू मूल्यवान होइनन्, इमानदार, जिम्मेवार, जवाफदेही, उत्तरदायी, श्रम गर्ने र आफ्नो सादृश्यमा अरूलाई बोध गर्न सक्नुपर्छ ।शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ र मानव यन्त्रहरू निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा पक्षधर र मानव यन्त्र निर्माण पक्षधरहरूको हुनेछ । त्यस युद्धमा हामी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिन सक्नु पर्दछ ।
समाजका बुद्धिजीवी एवं प्रबुद्ध वर्गले आफूलाई कम आँकलन गर्नु हुँदैन। उनीहरूको अनुकरण पछाडिको वर्गले गरिरहेका हुन्छन्। प्रायः नागरिकहरूले अग्रजको भूमिकालाई नमुनाको रूपमा हेरेका हुन्छन्। यसरी राजनेताको आदर्शलाई पनि अनुशरण गर्न अभिभावकले आफ्ना सन्ततिलाई समेत
प्रतिक्रिया