
व्यवसायिक सम्बन्धको विवादले लियो हिंसात्मक रूप, आरोपी पक्राउ
टेक्सस राज्यको ड्यालस शगरमा मंगलबार एक व्यक्तिले ५ जनामाथि गोली चलाउँदा २ जनाको ज्यान गएको छ भने अन्य घाइते भएका छन्।
यो घटना क्यारोलटन भन्ने सहरमा भएको हो, जुन ड्यालस बाट करिब २० माइल उत्तरमा पर्छ।
प्रहरी प्रमुख रोवर्ट एरेडोन्डोका अनुसार यो घटना अचानक भएको होइन। आक्रमणकारी र पीडितहरू एकअर्कालाई चिन्ने मानिस थिए।
उनले भने, “उनीहरूबीच के कुरा भएको थियो भन्ने स्पष्ट छैन, तर यो कुनै व्यवसायसँग सम्बन्धित भेटघाट जस्तो देखिन्छ।”
घटनापछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। घटनास्थलमा सुरक्षा कडा बनाइएको थियो।
सामाजिक सञ्जालमा देखिएको श्रव्यदृश्य(भिडियो)मा प्रहरीले बन्दुकसहित भवनभित्र खोजी गरिरहेको देखिन्छ।
यो घटना के टाउन प्लाजामा भएको हो, जुन कोरियन समुदाय बस्ने क्षेत्र “कोरियाटाउन” शहर भनेर चिनिन्छ।
घटनास्थलमा एफविए सहित अन्य संघीय निकायका अधिकारीहरू पनि पुगेका थिए।
प्रहरीले अहिले घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया