इरान–अमेरिका आमनेसामने: समुद्री मार्ग सुरक्षित राख्न अमेरिकी सैनिक तैनाथ

इनेप्लिज २०८३ वैशाख २२ गते १६:५८ मा प्रकाशित

अमेरिकाका रक्षा सचिव पीट हेगसेथले मंगलबार इरान सँगको युद्धविराम अझै समाप्त नभएको बताएका छन् । यद्यपि केही दिनअघि समुद्रमा दुवै पक्षबीच गोलीबारी भएको थियो।

यो घटना हर्मुज जलडमरूमध्यमा भएको हो। यो क्षेत्र विश्वका लागि धेरै महत्वपूर्ण छ, किनकि धेरै देशको तेल र सामान यही बाटो हुँदै जान्छ।

हेगसेथले भने, “इरानलाई निर्दोष देशहरू र तिनीहरूको सामानलाई अन्तर्राष्ट्रिय समुद्री मार्गबाट रोक्न दिनु हुँदैन।” उनले यो पनि स्पष्ट पारे कि सानो झडप भए पनि ठूलो युद्ध सुरु भएको छैन।

अमेरिकी सेनाका उच्च अधिकारी ड्यान केनका अनुसार, अप्रिल ८ मा युद्धविराम भएदेखि इरानले १० भन्दा बढी पटक साना आक्रमण गरेको छ, तर ती आक्रमणले ठूलो युद्ध सुरु गर्ने स्तर पार गरेका छैनन्।

अमेरिकाले अहिले प्रोजेक्ट फ्रिडम नामको अभियान चलाइरहेको छ। यस अभियानको उद्देश्य व्यापारी जहाजहरूलाई सुरक्षित रूपमा समुद्र पार गराउनु हो। 

यसमा करिब १५,००० अमेरिकी सैनिक, युद्धपोत, र १०० भन्दा बढी लडाकु विमानप्रयोग गरिएको छ।

केनले भने अनुसार, यी सैन्य साधनहरूले इरानबाट आउने खतरा पत्ता लगाउने र रोक्ने काम गरिरहेका छन्। यस अभियानलाई ८२औँ एयरबोर्न डिभिजन( बिभाग)ले समन्वय गरिरहेको छ।

यता, इरानका विदेश मन्त्रीले यो संघर्षको कुनै पनि सैन्य समाधान नभएको बताएका छन् ।

उनले अमेरिका र उसका साथी देशहरूलाई चेतावनी दिएका छन् 

सोमबार, अमेरिकी युद्धपोतहरूले इरानी मानव रहित यान र क्षेप्यास्त्र(ड्रोन र मिसाइल)को  आक्रमणबाट बच्दै सुरक्षित रूपमा मार्ग पार गरेका थिए। 

साथै, दुईवटा अमेरिकी व्यापारिक जहाज पनि सुरक्षित रूपमा त्यही बाटो हुँदै गएका थिए।

प्रतिक्रिया