
दक्षिण एसियाको राजनीतिमा दशकौँसम्म राज गरेका कम्युनिस्ट पार्टी(बामपन्थी दल)हरूका लागि सन् २०२६ को वर्ष एउटा ठूलो राजनीतिक विपत्ति सावित भएको छ। नेपालमा मार्च ५ मा भएको निर्वाचन र भारतको केरलमा मे ४ मा सार्वजनिक भएको नतिजाले वामपन्थी आन्दोलनलाई ठूलो धक्का पुर्याएको छ।
भारतमा कुनै समय पश्चिम बङ्गालमा लगातार ३४ वर्ष र त्रिपुरामा करिब दुई दशक शासन गरेको बामपन्थी दलको अन्तिम गढ मानिने केरला पनि यस पटक गुमेको छ। केरलामा भएको विधानसभा निर्वाचनमा कांग्रेस नेतृत्वको युडिएफले १०२ सिट जितेर ऐतिहासिक जित निकाल्दा १० वर्षदेखि सत्तामा रहेको वामपन्थी गठबन्धन नराम्ररी पछारिएको छ। भारतको इतिहासमा सन् १९७७ पछि पहिलो पटक कुनै पनि राज्यमा बामपन्थी सरकार नभएको यो दुर्लभ क्षण हो।
नेपालमा पनि स्थिति उस्तै छ। मार्च ५ को आम निर्वाचनमा नयाँ शक्ति र रास्वपाको उदयले परम्परागत बामपन्थी दल (कम्युनिस्ट पार्टी)हरूलाई खुम्च्याइदिएको छ। विशेषगरी र्यापर अर्थात् गायक तथा काठमाडौँ महानगर पालिकाका नगर प्रमुख हुदै प्रधान मन्त्री बनेका रास्वपाका बालेन शाह र रबि लामिछानेले बामपन्थी (कम्युनिस्ट) गढहरू भत्काइदिए ।
भारतमा वामपन्थी दल र गठबन्धन पतनका मुख्य कारणहरू:
सनातन धर्म र संस्कृतिमाथिको प्रहार: भारतमा बामपन्थी (कम्युनिस्ट )नेताहरूले सनातन धर्म र परम्परालाई लिएर गरेका विवादास्पद टिप्पणीहरूले बहुसंख्यक हिन्दु मतदाताहरूलाई चिढ्यायो। केरलामा धार्मिक भावनामा ठेस पुगेको भन्दै जनताले ‘लाल’ झण्डा त्यागेर अन्य विकल्प रोजे।
एन्टी-इन्कम्बेन्सी (सत्ता विरोधी लहर): लामो समय सत्तामा रहँदा भ्रष्टाचार, नातावाद र विकासका काममा सुस्तता आएका कारण जनतामा व्यापक असन्तुष्टि थियो।
नयाँ पुस्ताको चाहना: युवा पुस्ताले पुरानो विचारधाराभन्दा पनि आधुनिकता, प्रविधि र द्रुत आर्थिक विकासलाई प्राथमिकता दिँदा बामपन्थी (कम्युनिस्ट)हरूको पकड कमजोर भयो।
प्रतिक्रिया