लायन्सको डिस्ट्रीक्ट कन्भेनशन सम्पन्न

इनेप्लिज २०८३ वैशाख २० गते २३:४६ मा प्रकाशित

क्यालिफोर्निया (संयुक्त्त राज्य अमेरिका)- इन्टरनेशनल लायन्स कल्ब अन्तरगत डीस्ट्रिक्ट 4-C3 क्यालिफोर्नियाको बार्षिक अधिवेशन एक समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ।

डीस्ट्रिक्ट गभर्नर लायन लक्ष्मी चौधरीको अध्यक्षता एवम् इन्टरनेशल डाईरेक्टर लायन Robert D.”SKi” Marcinkowski को प्रमुख आतिथ्यतामा May 1st – 3rd तीनदिन सम्म चलेको अधिवेशनको खुल्ला सत्र तथा बन्द सत्रमा लायन्स डीक्ट्रिक्टले बर्षभरी गरेको विभिन्न कामको प्रतिवेदन प्रस्तुती, समीक्षा र सो प्रतिवेदनमाथि सहभागीहरू द्वारा टिप्पणी र छलफल गरी प्रस्तावहरू पारीत गरी बर्ष 2026-2027 कार्यकालका लागी नयां नेतृत्व चयन गरेको छ।

अगामी नयां कार्यकालका लागि डीस्ट्रिक्ट गभर्नरमा Valerie Griffin, 1st VDG मा लायन मन्जु पौथेरा, 2nd VDG मा लायन Koshy John निर्वाचीत भएको छ।

इन्टरनेशनल लायन्स कल्बको माध्यमबाट मानवसेवा र समाजमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई “ इन्टरनेशनल प्रेसीडेन्ट अवार्ड “ बाट सम्मान गरेको छ। सम्मानित हुनेहरूमा पुर्व गभर्नर लायन राजेन थापा, निवर्तमान पर्यटन दुत एवं पुर्व जोन चेयर लायन विजय कुमार चौधरी,पुर्व गभर्नर मनिल बाबु श्रेष्ठ,पुर्व गभर्नर बिल रिड्डल, पुर्व गभर्नर जेम्स भर्गिज,पुर्व गभर्नर काज सातो, पुर्व गभर्नर डार्लिन रिड्डल,पुर्व गभर्नर ध्रुव थापा, पुर्व गभर्नर डोन कियांग,डा. मौरेन पावेल,कोशी जोन,प्रमोद जोशी,भलेरी ग्रिफीन,सुनिल राज कर्णिकार, मनी पनेरू,शारदा दाहाल,रोथिन मानन्धर,हेमा पनेरू,बिन्दु सापकोटा, मनोहरा थापा बोगटी,रामदेवी पालिखे लगायतका व्यक्तित्वहरू रहेका छन।

यसै गरी आ-आफ्नो कल्बको माध्यमबाट समाजमा उल्लेखनीय कार्य र सक्षम नेतृत्व प्रदान गर्नु हुने केही लायन्स कल्ब र कल्ब प्रेसीडेन्टहरूलाई पनि डीस्ट्रिक गभर्नर आउटस्टयाण्डीग एचीभमेन्ट अवार्ड र एप्रीसीएशन सर्टीफीकेटबाट सम्मान गरेको छ।

यसरी समानित हुने कल्बमा फ्रीमन्ट सगरमथा लायन्स कल्ब र सो कल्बका प्रेसीडेन्ट लायन लक्ष्मी राउत चौधरी,ओकल्यण्ड फीड द नीड र सो लायन्स कल्बका प्रेसीडेन्ट बासु रेग्मी,अन्नपूर्ण बरकेली लायन्स कल्ब, अन्नपूर्ण मकालु लायन्स कल्ब र सोको प्रेसीडेन्ट,चाईना टाउन लायन्स कल्ब र सोको कल्ब प्रेसीडेन्ट,माछापुच्छ्रे एलसोबरेन्टो लायन्स कल्ब र सो कल्बको प्रेसीडेन्ट सुरेश भट्ट, सिलीकन भ्यालि लायन्स कल्ब र सोको कल्ब प्रेसीडेन्ट,एलमीडा यती लायन्स कल्ब र सो समेतका कल्ब प्रेसीडेन्टहरू सम्मानित भएका छन।

यस कन्भेन्सनले यूथ डेभलपमेन्टको लागि विभिन्न लियो कल्बहरूको पनि विभिन्न शिर्षकमा प्रस्तुतीकरण तथा प्रश्नोत्तर गराई लायन्स कल्बको अभिन्न अंगको रूपमा यूथहरूलाई लायन्स कल्ब प्रति आकर्षण गर्दै अभिमुखीकरण प्रशिक्षण समेत प्रदान गरेको थियो।

लायन्समा महिला जागरण तथा सशक्तिकरणको लागि गभर्नर लक्ष्मी चौधरी र लायन मन्जु पौथेराले आ-आफ्नो धारणा राख्दै अहिलेको युग महिलामैत्रि र समान्ताको युग भएकाले लायन्समा आवद्ध भई मानव सेवामा अगाडी बढदै जीवनलाई सार्थक बनाउन आग्रह गरेको थियो।

यस कन्भेन्सनको संचालन डीस्ट्रीक्ट क्याबनेट सेक्रेट्री डा. मौरिन पावेल, स्वागत मन्तव्य पुर्व गभर्नर राजेन थापा र कार्यक्रमको सहजीकरण पुर्व गभरनर मनील बाबु श्रेष्ठले गर्नु भएको थियो।कन्भेन्सनमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरू जस्तै प्रीतेश कार्की, किलन राई, पुर्व गभर्नर राम श्रेष्ठ,प्रकाश लामा,केशर थापा, रन्जना पाण्डे, यशोधा लामा, चीन काजी श्रेष्ठ, मंगल तामांग,खिल नारायण चौधरी लगायतका बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

अन्त्यमा, नवनिर्वाचीत गभर्नरले लायन्स डीस्ट्रीक्ट 4-C3 का वर्तमान गभर्नर लक्ष्मी चौधरीको लिडरशीप अत्यन्त सफल रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्दै, लायन्स क्यालिफोर्नियालाई नयां उचाईमा पुर्याउनका लागि आफुले सबै कल्ब र समुदायलाई जोडेर अगाडी बढने प्रतिबद्धता व्यक्त्त गर्दै आफुलाई डीस्ट्रीक्ट गभर्नर जस्तो गरीमामय पदमा निर्वाचीत गराउनु हुने सम्पूर्ण मतदाता तथा लायन्स इन्टरनेशनल कल्बका अग्रजहरूलाई धन्यवाद टक्रयाउनु भएको थियो।

प्रतिक्रिया