नयाँ युगको सुरुवात र सुकुम्बासी बस्तीको समाधान: बालेन शाहका ३० दिन जसले इतिहास बदलिदिए

विजय थापा २०८३ वैशाख १५ गते ११:१२ मा प्रकाशित

नेपालको राजनीतिक आकाशमा दशकौँदेखि एउटा कालो बादल मडारिरहेको थियो— झुटा आश्वासन र अधुरा सपनाहरूको। तर पछिल्लो ३० दिनमा प्रधानमन्त्री बालेन शाहले जुन जादुमयी र साहसिक कार्य गरी देखाए त्यसले ३५ वर्षदेखि सत्ताको स्वाद चाखेका पुराना दलहरूलाई मात्र होइन, सारा विश्वलाई नै स्तब्ध बनाइदिएको छ।

जुन समस्याहरूलाई राजनीतिक दलहरूले केवल ‘भोट बैंक’ अर्थात् ‘मतदाताको सुरक्षित समूह’ बनाएर दशकौँसम्म अल्झाइराखे, ती समस्याहरू बालेन सरकारले एक महिनाभित्रै समाधानको मार्गमा ल्याएको छ।

वर्षौँ बर्ष देखि राहदानी र चालक अनुमति पत्रका लागि घामपानी नभनी लाइन बस्नुपर्ने नेपालीहरूको नियतिलाई बालेनले प्रविधिको प्रयोग र कडा व्यवस्थापन मार्फत अन्त्य गरि दिएका छन् । आज एउटा साधारण नागरिकले आफ्नै देशमा सम्मानित महसुस गर्न थालेको छ। यीपंक्तिकार पनि राहदानी र चालक अनुमतिपत्र प्राप्त गर्ने भुक्तभोगी हो ।

सबैभन्दा जटिल मानिएको ‘सुकुम्बासी समस्या’ लाई बालेनले जसरी समाधान गरे , त्यो साँच्चै नै अविश्वसनीय छ। काठमाडौँका सुकुम्बासी बस्तीहरूलाई ठूला तीन दलले सधैँ चुनाव जित्ने गोटी मात्र बनाए। उनीहरूलाई कहिल्यै स्थायी ओत दिने सोचिएन, बरु सधैँ अभाव र डरमा राखेर मतको व्यापार गरियो। तर बालेन शाहले ती निमुखाहरूको आँखाको आँसु पुछ्दै, उनीहरूलाई राजनीतिबाट मुक्त गरी वास्तविक व्यवस्थापनको बाटो देखाए । यो ३५ वर्षको इतिहासमा कसैले आँट नगरेको एउटा साहसिक कदम थियो। नक्कली सुकुम्बासी भै ३० बर्ष सम्म जनतालाई झुक्याएका नक्कली नकावधारीहरुको मुकुण्डोको पर्दाफास भएको छ । ३५ बर्षे गुण्डाराज समाप्त भएको छ ।

अहिले विश्वभरि छरिएर रहेका लाखौँ नेपालीहरूको मन हर्षले गदगद छ। विदेशमा पसिना बगाइरहेका नेपालीहरूले गर्वका साथ भन्न थालेका छन्— “हो, अब मेरो देशमा सरकार छ!” ३० दिनको छोटो अवधिमा भएका यी सुधारहरूले के प्रमाणित गरेको छ भने यदि नेतृत्वमा इमानदारी र दर्शन छ भने असम्भव केही छैन।

यो केवल ३० दिनको उपलब्धि मात्र होइन, यो त करोडौँ नेपालीको गुमेको भरोसाको पुनरागमन हो। काठमाडौँका ती सुकुम्बासी दाजुभाइ, दिदीबहिनी जसले पुस्ताौँदेखि आश्वासन मात्र पाएका थिए, आज उनीहरूका ओठमा देखिएको मुस्कानले बालेन सरकारको सफलताको कथा भनिरहेको छ।

बालेन शाहले ३० दिनमा जे गरेर देखाएका छन् , त्यो कुनै चमत्कार होइन, त्यो त जनताप्रतिको सच्चा समर्पण हो। वर्षौँदेखि जरा गाडेर बसेको बेथिति र भ्रष्टाचारको पर्खाल ढल्न सुरु गरेको छ। आज हरेक नेपालीको छाती गर्वले फुलेको छ, किनकि नेपालले एउटा यस्तो सारथि पाएको छ, जसले बोलेर होइन, गरेर देखाउँछ। बालेनको यो यात्रा केवल सुरुवात हो, एउटा समृद्ध र न्यायपूर्ण नेपालको सुन्दर सुरुवात!

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया