
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानसँग राखेका कुनै पनि उद्देश्यहरू पूरा गर्न नसकेको दाबी गरेका छन् । रुसको सेन्ट पिटर्सबर्ग भ्रमणका क्रममा पत्रकारहरूसँग बोल्दै उनले भने “अमेरिकाले आफ्नो लक्ष्य प्राप्त गर्न नसकेपछि अहिले वार्ताका लागि अनुरोध गरिरहेको छ।” इरानले अमेरिकाको यो प्रस्तावमाथि “विचार गरिरहेको” पनि उनले जानकारी दिए ।
विदेशमन्त्री अराघचीले इरान र रुस ‘रणनीतिक साझेदार’ भएको बताउँदै दुई देशबीचको सहयोग र सहकार्य निरन्तर अगाडि बढ्ने स्पष्ट पारे ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल ‘X’ मार्फत एक जानकारी सार्वजनिक गरेको छ। अमेरिकी युद्धपोत ‘युएसएस राफेल पेराल्टा’ले ‘एम/टी स्ट्रिम’ नामक जहाजलाई बीच बाटोमै रोकेको छ। उक्त जहाज इरानी बन्दरगाहतिर जान लागेको अवस्थामा आइतबार नियन्त्रणमा लिइएको अमेरिकाले बताएको छ।
एपीका अनुसार भर्खरै सार्वजनिक भएका भू-उपग्रहका तस्बिरहरू (स्याटेलाइट इमेज) अनुसार, इरानले आफूले कब्जामा लिएका दुईवटा मालवाहक जहाजहरू—’एमएससी फ्रान्सेस्का’ र ‘एपाामिनोन्डास’—लाई नयाँ ठाउँमा सारेको छ। अप्रिल २७ मा खिचिएका ती तस्बिरहरूमा इरानले ती जहाजहरूलाई आफ्नो तट नजिकै रहेको ‘हर्मोज टापु’ आसपास सुरक्षित राखेको देखिएको छ।
प्रतिक्रिया