राजा चार्ल्सले अमेरिकी संसदलाई सम्बोधन गर्ने: राजा चार्ल्सको भ्रमणलाई ‘अत्यन्त महत्त्वपूर्ण’ भन्दै विदेशमन्त्रीको टिप्पणी

इनेप्लिज २०८३ वैशाख १५ गते ०:३७ मा प्रकाशित

बेलायतका राजा चार्ल्सको अमेरिका भ्रमण दुई देशबीचको सम्बन्धका लागि “निकै महत्त्वपूर्ण” रहेको बेलायती विदेशमन्त्री इभेट कुपरले अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भएको यो भ्रमणले दशकौँ लामो मित्रतालाई झल्काउने उहाँको भनाइ छ।

विदेशमन्त्री कुपरका अनुसार अमेरिका र बेलायतबीच कतिपय विषयमा असहमति भए तापनि सुरक्षा र अर्थतन्त्रका मामिलामा दुवै देश मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। अहिले दुई देशबीचको व्यापारमा करिब २५ लाख मानिसको रोजगारी जोडिएको छ।

बेलायती दूतावासमा आयोजित विशेष ‘गार्डेन पार्टी’मा अर्थात् बगैचा भोज राजा चार्ल्स र रानी क्यामिलाले पाहुनाहरूसँग भेटघाट गरे । राजाले अमेरिकी तल्लो सदनका सभामुख माइक जोनसन, अर्थ सचिव स्कट बेसेन्ट र अन्य वरिष्ठ अधिकारीहरूसँग कुराकानी गरे । रानी क्यामिलाले भने घरेलु हिंसा विरुद्ध काम गर्ने संस्थाहरूसँग कुरा गरेको बिबिसीले जनाएको छ ।

सिबिएसन्यूजले जनाए अनुसार राजा चार्ल्सले मंगलबार अमेरिकी संसद (कंग्रेस) लाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले आफ्नो भाषणमा लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न दुवै देश एक हुनुपर्ने सन्देश दिने अपेक्षा गरिएको छ। साथै, उनले वासिङ्टन डिसीमा हालै भएको गोलीकाण्डप्रति सहानुभूति पनि प्रकट गर्ने छन् ।

गत शनिबार ‘ह्वाइट हाउस पत्रकार सम्मेलन रात्रीभोजमा गोली चलेपछि अहिले वासिङ्टनको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। राष्ट्रपति ट्रम्प र बेलायती प्रधानमन्त्री कियर स्टार्मरबीच इरान युद्धको विषयलाई लिएर केही मतभेद देखिए पनि राजा चार्ल्सले भने आफ्ना भाषणमा “हाम्रा दुई देशले सधैँ सँगै काम गर्ने बाटो खोज्नेछन्” भन्ने विश्वास दिलाउने छन् ।

प्रतिक्रिया