
वर्ल्ड नेवा अर्गनाइजेसन युएसएको अध्यक्षमा बासव राजोपाध्याय निर्वाचित भएका छन् । उनको नेतृत्वमा नयाँ कार्यसमिति २०२६- २०३० सम्मको लागी चयन भएको छ ।
गत अप्रिल २५ शनिबारका दिन बाल्टिमोरमा भएको प्रथम नेवा सम्मेलनका दिन साँझ बासव राजोपाध्यायको नेतृत्वमा ११ जना पदाधिकारीको चयन भएको हो।
प्रमुख चुनाव आयुक्त राम लाल श्रेष्ठ, मेरिल्याण्ड तथा सह प्रमुख द्वय रेशा प्रधान टेक्सस,अनिभ मास्के, एरिज़ोनको तत्वावधानमा भएको निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो ।

सबै पदहरूमा सबै पदाधिकारीहरु निर्विरोध कार्यकारिणी समितिमा निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ ।
१) बासव राजोपाध्याय , मेरिल्याण्ड – अध्यक्ष
२) केशरमान ताम्राकार , ईलिनोई – बरिष्ठ उपाध्यक्ष
३) सरोज देवी प्रजापति, मेरिल्याण्ड -उपाध्यक्ष ( पूर्वी क्षेत्र)
४) रूबी लक्ष्मी श्रेष्ठ, वाशिंगटन – उपाध्यक्ष ( पश्चिमी क्षेत्र )
५) बिजय बज्राचार्य, टेक्सस – उपाध्यक्ष ( मध्य पश्चिमी क्षेत्र )
६) श्रुनुति सिंह, लुज़ियाना- सचिव
७) युमेश श्रेष्ठ, टेक्सस- कोषाध्यक्ष
८) नीरिना श्रेष्ठ प्रधान , टेक्सस- सह सचिव
९) प्रशान्त मानन्धर , क्यालिफोर्निया – सदस्य
१०) सूर्य लक्ष्मी सुवाल महर्जन, हवाई- सदस्य
११) बुध्द महर्जन, केन्टकी – सदस्य
निवर्तमान अध्यक्ष प्रमेश श्रेष्ठले नयाँ कार्यसमितिलाई हस्तान्तरण र सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया