
गत शनिबार राति वासिङ्टन डिसीको प्रसिद्ध ‘हिल्टन होटल’ अतिथिगृहमा आयोजित ह्वाइट हाउस संवाददाता सम्मेलनका क्रममा भएको गोलीकाण्डले अमेरिका र विश्वलाई नै स्तब्ध बनाएको छ। सो समयमा अतिथिगृहभित्र राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका मन्त्रीहरू र हजारौँ पत्रकारहरू उपस्थित थिए।
को हुन् त संदिग्ध गोली चलाउने व्यक्ति ?
प्रहरीले गोली चलाउने ३१ वर्षीय कोल एलेन भएको जानकारी दिएको छ । उनी क्यालिफोर्नियाको टोरेन्स सहरका बासिन्दा हुन्। उनी एक शिक्षित व्यक्ति हुन् । उनले मेकानिकल इन्जिनियरिङ( यन्त्रनिर्माणविद्या)मा उपाधि हासिल गरेका छन् र पछिल्लो समय विद्यार्थीहरूलाई ट्युसन पढाउने (शिक्षण ) काम गर्थे। उनी एक श्रब्यदृश्य खेल (भिडियो) गेम बनाउने तन्त्रांश बिकाशकर्ता (सफ्टवेयर डेभलपर) पनि हुन्।
प्रहरीका अनुसार एलेनले यो हमलाको लागि धेरै अघिदेखि योजना बनाएका थिए। उनी अप्रिलको सुरुवातमै सोही अतिथिगृहमा कोठा आरक्षित (बुक )गरेर बसेका थिए। शनिबार राति उनी एउटा बन्दुक (छर्रा ), एउटा बन्दुक र धेरै वटा चक्कु बोकेर सुरक्षा जाँच हुने ठाउँतिर झम्टिएका थिए। राष्ट्रपति ट्रम्पका अनुसार उनी श्रब्यदृश्य मा अत्यन्तै तीव्र गतिमा सुरक्षा जाँच विन्दुतिर दौडिरहेको देखिएका थिए। सुरक्षाकर्मी र संदिग्धबीच केही बेर गोली हानाहान भएको थियो, जसका कारण त्यहाँ उपस्थित सबै मानिसमा भागदौड र त्रास फैलियो।
सुरक्षामा खटिएका गुप्तचरहरूले एलेनलाई समात्न सफल भए। त्यस क्रममा उनलाई सामान्य घुँडामा चोट लागेको छ। एकजना सुरक्षा सुरक्षाकर्मीलाई गोली लागेको थियो, तर उनले ‘बुलेटप्रुफ ज्याकेट’ गोली नछिर्ने वस्त्र लगाएका कारण उनको ज्यान जोगियो। राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै घाइते एजेन्टको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन्।
संदिग्ध एलेनले प्रहरीको सोधपुछमा धेरै कुरा नभने पनि उनले सरकारी अधिकारीहरूलाई निशाना बनाउन खोजेको संकेत गरेका छन्। उनीमाथि हिंस्रक अपराध र संघीय अधिकारीमाथि आक्रमण गरेको अभियोग लगाइएको छ। आज अप्रिल २७ सोमबार उनलाई अदालतमा पेश गरिनेछ।
उनी क्यालिफोर्नियाबाट रेल चढेर सिकागो हुँदै वासिङ्टन आएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनको घुम्तीयन्त्र (फोन) र अन्य उपकरणहरू कब्जामा लिएर थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया