साधारणसभाको तयारी अन्तिम चरणमा

इनेप्लिज २०८३ वैशाख १३ गते १०:०९ मा प्रकाशित

अमेरिका ।

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १९ औं साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । साधारणसभा व्यवस्थापन समिति संयोजक तथा नेजा डिसी मेट्रो क्षेत्र क्षेत्रीय संयोजक सिर्जना काफ्ले(हरिमाया) का अनुसार साधारणसभाको निम्ति गर्नुपर्ने पूर्व तयारीका कामहरु अन्तिम चरणमा पुगेको छ । होटल व्यवस्थापन देखि लिएर प्रचारप्रसार र निमन्त्रणाको कार्य पुरा भैसकेको छ । साधारणसभामा नेजाका सदस्यहरुको सहभागिता रहनेछ भने साधारणसभामा भाग लिनका लागि सदस्यहरुले आवश्यक तयारी समेत गरिसकेका छन् । संघका महासचिव ईश्वरी न्यौपानेले समयमै रजिष्ट्रेशन गर्न पनि सबै सदस्यहरुलाई आग्रह गर्दै आवश्यक व्यवस्थापकीय कार्यका लागि काम भैरहेको बताए ।

साधारणसभामा संघको विधान समेत आवश्यक परे संसोधन गरिने भएकाले त्यसका लागि केही संसोधन आवश्यक छ भने सुझाव दिन पनि संघको विधान समितिका संयोजक सतिश चापागाईले आग्रह गरेका छन् । संघको साधारणसभा मेरिल्याण्डको बाल्टिमोरमा मे २ मा हुँदैछ ।

प्रतिक्रिया