
पाकिस्तानको राजधानी इस्लामावादमा आज शनिबार बिहानैदेखि ‘लकडाउन’ बन्दावन्दी जस्तै कडा सुरक्षा व्यवस्था लागू गरिएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघची एक महत्त्वपूर्ण भ्रमणका लागि त्यहाँ पुगेपछि सहरको सुरक्षा निकै कडा पारिएको हो। विशेषगरी अमेरिका र इरानबीच बढ्दै गएको तनाव कम गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको छ ।
हप्ताभरि लगाइएका सुरक्षा प्रतिबन्धहरूले गर्दा त्यहाँका लाखौँ बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ। मानिसहरूलाई थोरै दूरीको यात्रा गर्न पनि निकै गाह्रो भइरहेको छ। सहरका मुख्य बाटाहरूमा चौकी (चेकपोइन्ट) राखिएका छन् भने धेरैजसो सडकहरू बन्द गरिएका छन्।

विशेष गरी विमानस्थल जाने मुख्य सडक र सरकारी कार्यालयहरू रहेका ‘रेड जोन’ क्षेत्रहरू शनिबार बिहानैदेखि सुनसान देखिएका छन्।
ठाउँ-ठाउँमा सेना र प्रहरी परिचालन गरिएको छ भने आकाशमा उदग्र बिमान(हेलिकप्टर)मार्फत निगरानी भइरहेको छ। इरानी प्रतिनिधिमण्डल आएको विमानस्थल आसपासका क्षेत्र र ठूला भवनका छतहरूमा समेत सैनिकहरू तैनाथ छन्।
दुई देशबीचको तनाव कम गराएर युद्धको सम्भावना टार्न यो वार्ता हुन लागेको हो।
प्रतिक्रिया