
बीर काजी बस्नेत
नेपालमा केही परिवर्तन भयो कि पुराना मेटाउने बुद्धिमानी चलन छ । आधुनिक समयमा यस्तो कार्यको सुत्राधार पूर्व विद्वान माओवादी नेता डा. बाबुराम भट्टराई हुन । माओवादी द्वन्द चलिरहेको बेला पुरानो राज्यसत्ता लाई भौतिक रुपले सैन्य रुपले राजनीतिक रुपले र आर्थिक रुपले ध्वस्त नपारी नयाँ राज्यसत्ता कायम हुँदैन भन्ने उनको मान्यता थियो र त्यही अनुसार बिध्वन्स गराएका पनि थिए । तर धेरै नेपाली हरु बैदेशिक रोजगारिमा गएका र बिप्रेसण नेपाल निरन्तर पठाउने गरेकाले उनको आर्थिक रुपले टाट पल्टाउने अभियान सफल हुन पाएन ।
राजाहरुका सालीक ढाल्ने हुँदै राजामार्ग लाई लोक मार्ग को रुपमा न्वारान गरियो । पृथ्बीनारायण शाहको सालीक सम्म पनि ढाल्ने बहादुरि देखाइयो ।
बर्गिय समानताको आन्दोलन लाई जातिय र छेत्रीय रङ भरेर मुक्तिमोर्चाको नामको चारो हाले पछी द्वन्द अघी बढेको थियो । त्यसैको जगमा पछी जातिय नाम धारी राज्यको माग उठ्यो भने मधेश आन्दोलन र सशत्र जत्था निर्माण भयो र मधेश बाट पहाडी भगाउ मिसन सफल भयो । जस अन्तर्गत मधेश छेत्रमा रहेका राजाहरुका सालीक देखी भानुभक्त र देबकोटाको सालीक हरु नस्ट पारीए ।
६२ र ६३ को आन्दोलन मार्फत राजालाई गद्धिच्युत गरे पछी राजा र दरबारका सदस्यहरुको नाम दिएर राखिएका सम्रचना पुन नामाकरण गर्ने देखी राजाहरुका सालीक ढाल्ने हुँदै राजामार्ग लाई लोक मार्ग को रुपमा न्वारान गरियो । पृथ्बीनारायण शाहको सालीक सम्म पनि ढाल्ने बहादुरि देखाइयो ।
त्यही अभियानको एक हिस्सा थियो महेन्द्र राजामार्ग लाई पूर्व पश्चिम लोकमार्गको नामाकरण । अन्य कलेज विश्वाबिद्ध्यालय हरुका नाम बदल्ने अभियान चलाइयो ।
अहिलेको जेन्जी आन्दोलनको जग बाट आएको सरकारले पूर्व पश्चिम लोकमार्गको नाम पुन महेन्द्र राजमार्ग नामाकरण गर्ने निर्णय गरे पछी फेरी एकपटक चर्चा चुलिएको छ दुबै पक्ष र बिपक्षमा ।
हाम्रो इतिहासको गोपाल महिस पाल र किरात कालको बारेमा हामीलाई खासै थाहा छैन किनकी उक्त कालका अभिलेख हरु हामी सँग छैनन । केबल गोपाल राज बंसावली मा उल्लेखित केही कुरामा निर्भर हुनु परेको छ । लिच्छबी कालका कतिपय कुरा सिलालेख उत्खनन र चाङुनारयण को अभिलेख बाट हामीलाई थाहा भए पनि त्यतिबेलाका भब्य सम्रचना हरु जस्तो मानदेबको मानग्रीह दरबार अँसु बर्माको को कैलाश ट दरबार र नरेन्द्रदेबको भद्राधिवासको बारेमा हामी सँग केही छैन । त्यतिबेलाका चिनिया यात्री ह्यु एन साङले नेपाल आएको बेलामा देखेर टिपोट गरेर लगेर ताङ बृतान्तमा उल्लेख गरिदिएका र चाइनिज हरुले समरक्ष्यण गरेर राखी दिएका हुनाले हामीले थाहा पाएका हौ । सताब्दिऔ सम्म झाडिमा पुरिएर अलपत्र रहेको अशोक स्तम्भ र त्यसमा कुंदिएको बुद्धको जन्मस्थान सम्बन्धी अभिलेख जर्मन पुरातत्वबिद फ्युहरर र नेपाली खड्ग शमसेर को टोलिले फेला नपारेको भए वा मेटिएर गएको भए हामी बुद्धको जन्मस्थल लुम्बिनी हो र नेपालको सरहद भित्र पर्छ भन्ने पत्तो सम्म पाउने थिएनौ । जुन कुरा अहिले पनि भारतीय गलत सुचना प्रचारको कारण हामीलाई बारम्बार प्रस्ट पार्नु पर्ने कहर परिरहेको छ ।
बङाली सुल्तान समसुद्धिन तुगलक ले तेरहौ शताब्दिमा आक्रमण गरेर काठमाडौं उपत्यका ध्वस्त पारीदिएका ले हाम्रो ईतिहासको ठुलो हिस्सा सधैंका लागि पुनर्जानकारी पाउन नसक्ने गरी लोप भएर गयो । त्यस्तै दिल्लिका सासक गयासुद्धिन तुगलक ले सिम्रौन गढ राज्यका सबैकुरा पूर्ण रुपले ध्वस्त परेका थिए । त्यसको दोस्रो भागको रुपमा ८०० बर्ष पछी आधुनिक नेपालका ऐतिहासिक दस्ताबेजहरु धरोहर हरु नेपालीकै हातबाट २०८२ भदौ २४ मा खरानी बनाइयो पशुपती जलाउने प्रयास र पुरातत्व बिभाग भने केही सचेत नागरिकका कारण सफल हुन पाएन । बिभिन्न कालखण्डमा नेपालको स्वतन्त्रता बुझाउने गरी भएका सन्धिसम्झौताहरु यु यन को सदस्यता लिन प्रयोग गरिएका प्रमाण हरु अदालती अभिलेख हरु नेपालीले आफनै हातले खरानी पारेर ईतिहास मेटाउने भूमिका निर्बाहा गरे ।
अहिलेको जेन्जी आन्दोलनको जग बाट आएको सरकारले पूर्व पश्चिम लोकमार्गको नाम पुन महेन्द्र राजमार्ग नामाकरण गर्ने निर्णय गरे पछी फेरी एकपटक चर्चा चुलिएको छ दुबै पक्ष र बिपक्षमा ।
हामीले अहिले राष्ट्रिय बिभुती बनाएका कलाकार अरनिको र उनको कार्य आदी बारे हामी नेपाली लाइ अत्तोपत्तो थिएन । सत्यमोहन जोशी चाइना गएको बेला गरिएको अध्ययन अनुसन्धान पछी मात्रै हामी लाई त्यो ऐतिहासिक तथ्य जानकारीमा आएको हो । अहिले हामी उनको नाम लिएर गौरब गर्छौ । उनी पाटनका थिए भन्ने सम्म अनुमान गरिएको छ तर उनको कुल बन्सको बारेमा पत्तो छैन।
हालसालै अरनिको जस्तै अर्का कलाकारले पनि चाइनामा धेरै चैत्य बिहार बनाएको हुन सक्ने कुरा सुधिर शर्माले आफ्नो किताब भिक्ष्यु ब्यापार र बिद्रोहमा सकेत गरेका छन ।
हामी सँग भएका धेरै ऐतिहासिक दस्ताबेजहरु किताबहरु तत्कालिन ब्रिटिश रेजिडेन्सहरुले राणा कालमा संकलन गरी लगेका छन ।
इन्डोनेसियाको जाभामा बिस्वकै सबै भन्दा बिशाल बोरबुदुर माहायानी बौद्ध चैत्य रहेको छ। त्यस चैत्यको मण्डला र सैली काठमान्डौका चैत्यको सँग मेल खाएकाले त्यसको डिजाइनर गुणधर्म पनि नेपाल बाटै गएका हुन कि भनी अनुमान गरिएको छ । हामी सँग त कुनै ऐतिहासिक दस्ताबेज छैन । कुनै समय आगोलागी भुकम्प वा अतिक्रमण वा अन्य कारणले लोप भएको पनि हुन सक्छ ।
हामी सँग भएका धेरै ऐतिहासिक दस्ताबेजहरु किताबहरु तत्कालिन ब्रिटिश रेजिडेन्सहरुले राणा कालमा संकलन गरी लगेका छन ।
त्यस्तै योगी नरहरी नाथले आफ्नो जिबन समपरण गरेर सकलन गरेका ऐतिहासिक दस्ताबेज हरु सन्धि पत्र सङग्रह हरु पनि उनी मृर्गस्थलिमा रहेका बेला प्रहरिले उनलाई धरपकड गर्ने क्रममा आगो लगाइ दिएर धुवा बनाएर उडाइ दियो ।
बिभिन्न कालखण्डमा देबिदेवताका मुर्ती कलात्मक प्रस्तर र धातुका मुर्तिहरु पनि चोरि निकासी गरेर बिदेशिलाई बेचिदिएका छौ । यहाँ सम्मकी गेहेन्द्र शमसेरले बनाएका बन्दुक समेत तस्करी गरी अमेरिका पुगेका छन ।
हाम्रा कतिपय भौतिक र अभौतिक धार्मिक र सान्स्कृतिक सम्पदा का बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार र अपनत्व पनि भारत र बिदेशी मुलुकले आफ्नो नाममा दर्ता गरी सकेका छन । पहिलो सगरमाथा आरोही भनिएका तेन्जिङ शेर्पा र गायक उदित नारायण झा लाई सुद्ध भारतले आफ्नो बनाइ दियो ।
यसरी हामी हाम्रा ऐतिहासिक पौराणिक अभिलेख दस्ताबेजहरु सम्पदहरु सासकिय र सार्बभौमिक निरन्तरता र पहिचान जनित कुराहरु बाहिरी र भित्री कारणले हिड्दै छ पाइला मेट्दै छ गरी रहेका छौ जसले हाम्रो स्वतन्त्रताको निरन्तरता प्रती प्रश्न चिन्ह र चुनौती बन्ने खतरा बढ्दो छ ।
प्रतिक्रिया