
आज संगीत प्रेमीहरूका लागि एउटा अत्यन्तै हृदयविदारक दिन भएको छ । आफ्नो जादुमय आवाजले करोडौंको मन जित्न सफल भएकी विश्व प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहकी आशा भोसलेको आइतबार बिहान मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरिन ।
अस्पतालका चिकित्सकहरूका अनुसार उनको शरीरका धेरै अंगहरूले काम गर्न छोडेका कारण यो दुखद घटना भएको हो। शनिबार मात्रै उहाँलाई छातीमा संक्रमण र धेरै थकाई लागेका कारण अस्पताल भर्ना गरिएको थियो। उनका छोरा आनन्द भोसलेले यो खबर पुष्टि गर्दा पूरा विश्व स्तब्ध भएको छ।
एक ऐतिहासिक यात्राको अन्त्य :
आशा भोसले एउटा यस्तो नाम हो, जसले सन् १९४३ बाट मात्र १० वर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी थिइन् । उनले आफ्नो ८० वर्ष लामो सङ्गीत यात्रामा हजारौं गीतहरू गाइन् । ‘पिया तु अब तो आजा’ जस्ता चञ्चल गीत हुन् या ‘दिल चिज क्या है’ जस्ता गम्भीर गजल, उनको स्वर हरेक ठाउँमा जीवन्त सुनिन्थ्यो।

उनकी दिदी लता मंगेशकरको केही समयअघिको निधनपछि आशा भोसले नै यो परिवारको बलियो खम्बा थिइन् । उनि सधै भन्थिन् , “संगीत मेरो सास हो, संगीत बिना म बाँच्न सक्दिनँ।” उनले ९० वर्षको उमेरमा पनि मन्च मा उभिएर तीन घण्टासम्म निरन्तर गाएर सबैलाई चकित पारेकी थिइन् ।
व्यक्तिगत जीवनका उकाली-ओराली ;
उनको व्यावसायिक सफलता जति चम्किलो थियो, व्यक्तिगत जीवन भने निकै चुनौतीपूर्ण रह्यो। उनले आफ्ना दुई सन्तान गुमाइन, जुन एउटी आमाका लागि सबैभन्दा ठूलो पीडा थियो। तर पनि उनले संगीतलाई कहिल्यै छोडीनन् र आफ्ना दर्शकलाई सधैं खुसी बाँडि रहिन् ।
पद्म विभूषण र दादासाहेब फाल्के जस्ता ठूला सम्मानबाट सम्मानित आशा भोसलेको अन्तिम संस्कार सोमबार मुम्बईको शिवाजी पार्कमा गरिनेछ।
प्रतिक्रिया