
अमेरिकाको सर्वोच्च अदालतले ‘ग्रीन कार्ड’ अर्थात् स्थायी आवासीय पत्र भएका अर्थात् स्थायी रूपमा बस्ने अनुमति पाएका विदेशी नागरिकहरूका विरुद्ध एउटा ठूलो र कडा फैसला सुनाएको छ। अब यदि कुनै हरियो पत्र अर्थात् ग्रीन कार्ड वाहकमाथि कुनै अपराध गरेको शंका लागेमा, त्यहाँका सीमा सुरक्षाकर्मी हरू ले उनीहरूलाई सजिलै देश निकाला गर्न सक्नेछन्।
अदालतका ९ जना न्यायाधीशहरूमध्ये ६ जनाले यो नियमको पक्षमा र ३ जनाले विपक्षमा मतदान गरेका थिए। न्यायाधीश क्ल्यारेन्स थोमसले फैसला सुनाउँदै भने यदि कोही स्थायी आवासीय पत्र (ग्रीन कार्ड वाहक) विदेश भ्रमण गरेर अमेरिका फर्किँदैछ र उसले कुनै अपराध गरेको शंका छ भने, अधिकारीहरूले धेरै ठूलो प्रमाण खोजिरहनु पर्दैन। शंका लाग्ने बित्तिकै उनीहरूलाई देशभित्र पस्नबाट रोक्न सकिन्छ।
यो फैसला चीनका नागरिक मूक चोई लाउको एउका पुराना घटनासँग जोडिएको छ। सन् २०१२ मा उनी चीन घुमेर न्यूयोर्क विमानस्थल आइपुग्दा अधिकारीहरूले उनलाई रोकेका थिए, किनभने उनीमाथि नक्कली सामान बेचेको आरोप लागेको थियो। पछि उनले आफ्नो गल्ती स्वीकार गरे र सरकारले उनलाई देश निकाला गर्ने आदेश दियो। लाउले यसको विरुद्धमा लामो समय अदालतमा लडाइँ लडेका थिए, तर अहिले सर्वोच्च अदालतले उनको विपक्षमा निर्णय गरिदियो।

यो फैसलाको विरोध गर्दै विपक्षमा रहेकी न्यायाधीश केटान्जी ब्राउन ज्याक्सनले चिन्ता व्यक्त गरेकी छन् । उनले भनिन् , “यो निर्णयले सरकारलाई एउटा खतरनाक अधिकार दिएको छ। अपराध प्रमाणित हुनुअघि नै कसैको ग्रीन कार्ड खोस्नु र उसलाई अपराधी जस्तै व्यवहार गर्नु कानुनको नियम विपरित हो।”
यो नयाँ नियमले गर्दा अब अमेरिका बाहिर घुम्न जाने वा आफ्नो देश फर्किने हरियो पत्र अर्थात् ग्रीन कार्ड वाहकहरूमाथि कडा निगरानी हुनेछ । सानो गल्ती वा शंकाले पनि उनीहरूको अमेरिका बस्ने सपना सधैँका लागि टुट्न सक्नेछ।
प्रतिक्रिया