भाद्र २३ को पीडा मनमा राखौँ र देउवाको घरमा जलेको पैसाको धुवाँ सम्झौँ -अनि मतदान गरौ

विजय थापा २०८२ फागुन १९ गते २:४८ मा प्रकाशित

तीन दशकभन्दा बढी समयदेखि एउटै अनुहार, एउटै सोच र एउटै स्वार्थले देशलाई खोक्रो बनाइरहेका छन्। कुर्सी साटासाट गर्ने पुराना दलहरूले जनताको पसिना र आशामाथि राजनीति खेले। तर अब अवस्था फेरिएको छ। फागुन २१ को निर्वाचन केवल मत हाल्ने प्रक्रिया होइन, यो त अन्याय, भ्रष्टाचार र ‘ब्रह्मलुट’ विरुद्ध नेपाली जनताको निर्णायक विद्रोह हो।

३५ वर्षसम्म सत्तामा पुगेर पनि देशलाई गरिबी, बेरोजगारी र विदेश पलायनको पीडामा धकेल्ने शक्तिहरूलाई अब “ठाउँको ठाउँ” रोक्नैपर्छ भन्ने भावना गाउँदेखि शहरसम्म फैलिएको छ। चिया पसल, चौतारी र गल्ली–गल्लीमा एउटै आवाज सुनिन्छ— “अब पुरानालाई होइन, परिवर्तनलाई मौका!”

यही परिवर्तनको प्रतीक बनेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी (दल)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह। उनीहरूको अभियानले युवामा आशा जगाएको छ। उनीहरू केवल नेता होइनन्, परिवर्तनका संवाहकझैँ देखिएका छन्।

संवैधानिक विज्ञ भिमार्जुन आचार्य ले चेतावनी दिँदै भनेझैँ, पुरानै असफल अनुहारहरूलाई फेरि सत्तामा पुर्‍याइयो भने देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। त्यसैले यो चुनाव भावनाको मात्र होइन, भविष्य जोगाउने जिम्मेवारी पनि हो।

हामीले बिर्सनु हुँदैन— त्यो भाद्र २३ को कालो दिन, जब शक्ति र सत्ताको उन्मादमा रहेकाहरूको घरमा अकुत सम्पत्ति र पैसा जलेको खबरले देश स्तब्ध भएको थियो। एकातिर गरिब जनता सिटामोल नपाएर छटपटाइरहेका थिए, अर्कोतिर शासकका महलमा नोटका बिटाहरू खरानी भइरहेका थिए। ३५ वर्षसम्म देशलाई कङ्गाल बनाउने र युवालाई खाडीको तातो बालुवामा बेच्ने ती तीन ठूला दलहरूलाई अब ‘ठाउँको ठाउँ’ रोक्ने अन्तिम मौका आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परिवर्तनका संवाहक बालेन शाहको संयुक्त आँधीले भ्रष्टाचारको त्यो विषवृक्षलाई जरैदेखि हल्लाइदिएको छ। विद्धान भिमार्जुन आचार्यले भनेझैँ, यदि हामीले अहिले पनि असफल पात्रहरूलाई रोकेनौँ भने देशले ठूलो मूल्य चुकाउनुपर्नेछ।

अब निर्वाचन हुन मात्र दुई दिन बाँकी छ। विश्वका कुना-कुनामा रहेका नेपालीहरू, जो आफ्नै देशमा भविष्य नदेखेर पराई भूमिमा पसिना बगाउन बाध्य छन्, उनीहरू अहिले ‘परिवर्तनको राँको’ बोकेर गाउँ-गाउँ ,शहर शहर फर्किएका छन्। उनीहरूको एउटै अठोट छ— ३५ वर्षसम्म देश लुट्नेहरूलाई अब इतिहासको पानाबाट सदाका लागि गायब बनाइदिने।

यो युवा पुस्ताको अन्तिम अवसर हो। यदि अब पनि हामीले यो भ्रष्ट जालोलाई उखेलेनौ भने, हाम्रा सन्ततिले हामीलाई कहिल्यै माफ गर्ने छैनन्। फागुन २१ को त्यो एक छापले तपाईको परिवार र देशको आगामी ३५ वर्षको भविष्य तय गर्नेछ। उठ्नुहोस्, जाग्नुहोस् र आफ्नो विवेक प्रयोग गर्नुहोस्!

अब डर होइन, साहस रोजौं।
अब मौनता होइन, आवाज उठाऔं।
अब सम्झौता होइन, परिवर्तन रोजौं।

फागुन २१ — इतिहास लेख्ने दिन! काल दुई दिन मात्र बाँकी !

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया