
एमएनएफसि मनासस क्लबले आफ्नो टोलीको लागि नयाँ ‘ब्लू जर्सी’ अर्थात निलो गन्जी उपलब्ध गराएकोमा समाजसेवी माधव गौतम र उनका सुपुत्र मार्स गौतम प्रति हार्दिक आभार व्यक्त गरेको छ।
छोराको भकुण्डो (फुटबल)प्रतिको अगाध प्रेमबाट प्रेरित भई गरिएको यो प्रायोजनले परिवारको खेलप्रतिको समर्पण र सामाजिक उत्तरदायित्वलाई प्रस्ट पारेको छ।

क्लबले सामाजिक संजालमा जारी गरेको विज्ञप्ति अनुसार, माधव गौतम सुरुवाती दिनदेखि नै सहयोगी, दयालु र सामुदायिक एकतामा विश्वास राख्ने व्यक्तित्वको रूपमा परिचित छन् । “अरबौंको यो संसारमा नकारात्मकता भए तापनि, तपाईको निस्वार्थ कार्य र सकारात्मकताले हामीलाई सधैं ऊर्जा दिनेछ,” क्लबले उल्लेख गरेको छ।

यो सहयोगले खेलाडीहरूमा नयाँ उत्साह थपेको छ। एमएनएफसि क्लबले यस कार्यलाई केवल आर्थिक सहयोग मात्र नभई पारिवारिक मूल्य र आपसी सम्मानको प्रतीकको रूपमा लिएको छ। क्लब अब अझ सशक्त रूपमा एकता, समूहकार्य र सकारात्मकताका साथ अघि बढ्ने प्रण गर्दछ।
अन्त्यमा, एमएनएफसि परिवारले विश्वास र सहयोगका लागि गौतम परिवारलाई धन्यवाद दिँदै उनिहरूको साथमा सदैव उभिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया