डि पी ढुंगेल

विराटनगर : मोरङको रङ्गेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ रङ्गेली नगरपालिका – ७ स्थित श्री मिनील्यान्ड इङ्लिस बोर्डिङ स्कुलले ३२ अङ्कका साथ पहिलो स्थान प्राप्त गरेको छ । त्यसैगरी रङ्गेली नगरपालिका — ६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयले २३ अङ्कका साथ दोस्रो स्थान प्राप्त गरेको छ। तेस्रो स्थान भने रंगेली नगरपालिका — ८ स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयले २१ अङ्क मा चित्त बुझाएको छ। गत माघ २९ फागुन १ र २ गते सम्म सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड मा २७ वटा सामुदायिक विद्यालय र १४ वटा संस्थागत विद्यालय सहभागी भएका थिए । करिब करिब ४०० भन्दा बढी विद्यार्थीहरू विभिन्न प्रकारका खेलमा सहभागी भएका थिए। शनिबार समापन कार्यक्रमकी प्रमुख अतिथि तथा कार्यवाहक नगरप्रमुख भूमा पराजुली ले खेलकुद क्षेत्रलाई रङ्गेली नगरपालिकाले प्राथमिकतामा राखेको बताइन्। आगामी दिनमा अझ उत्कृष्ट गुणस्तरीय खेल विद्यार्थीहरूबाट खेलिने विश्वास उनले व्यक्त गरिन् ।



कार्यक्रमको विशिष्ट अतिथि प्रशासकीय अधिकृत प्रदीप शाह ले विद्यार्थीहरूले अध्ययनका साथसाथै खेलकुद क्षेत्रलाई पनि उत्तिकै महत्वपूर्ण दिनुपर्ने सुझाव दिए। शिक्षा अधिकृत लीला देवी ओझाले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न भएको मा सबैलाई धन्यवाद ज्ञापन दिएकी थिइन् । पालिका स्तरमा उत्कृष्ट हुने खेलाडीहरूले आगामी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन् ।
प्रतिक्रिया