
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ रङ्गेली नगरपालिका स्तरीय दोस्रो दिनको ( शुक्रबार )खेलमा रङ्गेली नगरपालिका –१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका छात्रा तर्फ विद्यार्थीहरू ले भलिबलमा प्रथम स्थान हात पारेका छन्। त्रिभुवन माध्यमिक विद्यालय ले जनप्रिय माध्यमिक विद्यालयलाई २–० सेट मा पराजित गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।

खेलाडीहरू समीक्षा खवास चाँदनी राई मन्दिरा मगर किसमा खत्री जीविका खवास अन्जली सापकोटा साधना खवास र रेश्मा राउतको उत्कृष्ट खेल प्रदर्शन भएको जनाइएको छ । खेल शिक्षक विजय प्रभात खवासको निर्देशनमा विगत लामो समयदेखि अनुशासनमा रही विद्यार्थीहरूले अभ्यास गरेका थिए । अब त्रिभुवन मावि ले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा छनोट भएको विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्रीले जानकारी दिए। विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाले उत्कृष्ट भलिबल खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विद्यालयमा विशेष सम्मान गर्ने बताए ।
प्रतिक्रिया