
हिमाल बुढाथोकी एक अनुभवी सार्वजनिक लेखा व्यवसायी, कर सल्लाहकार तथा व्यवसाय परामर्शदाता हुनुहुन्छ। उहाँ CPA (Colorado), CA (India & Nepal), CMA (IMA), MSA (WGU) तथा Mortgage Loan Originator – MLO (Loan Factory) का रूपमा प्रमाणित र योग्य PROFESSIONAL हुनुहुन्छ। सार्वजनिक लेखा क्षेत्रमा करिब दुई दशकको सुदृढ अनुभवका साथ उहाँले भारत, नेपाल, कतार र संयुक्त राज्य अमेरिकामा विभिन्न प्रकारका अडिट तथा लेखा परियोजनाहरूको नेतृत्व गर्नुभएको छ।
उहाँको पेशागत अनुभव केवल ट्याक्स फाइलिङमा सीमित छैन। सार्वजनिक लेखा, Business Consultancy, CFO Services, कर परामर्श, रणनीतिक कर योजना (Tax Planning) तथा उच्च आम्दानी भएका व्यक्ति (High Net Worth Individuals) र साना–मध्यम व्यवसायहरूको कर संरचना व्यवस्थित गर्ने कार्यमा उहाँको गहिरो दक्षता रहेको छ। विभिन्न अन्तर्राष्ट्रिय तथा अमेरिकी आर्थिक प्रणालीमा काम गरेर आर्जिएको अनुभवले उहाँलाई व्यवसायिक निर्णय, जोखिम व्यवस्थापन, र दीर्घकालीन वित्तीय योजना निर्माणमा व्यावहारिक तथा सन्तुलित दृष्टिकोण दिएको छ। आफ्नो करियरको क्रममा उहाँले प्रतिष्ठित संस्थाहरूको दिगो तथा सुदृढ वृद्धि (Rigorous Growth) मा परामर्शदाता तथा नेतृत्वदायी भूमिकामा उल्लेखनीय योगदान पुर्याउनुभएको छ।
अमेरिकामा आएपछि उहाँ IRS Notices तथा Audits, State Sales Tax Audits, Workers’ Compensation Audits, Payroll Compliance, तथा Lines of Credit र Financing Compliance जस्ता जटिल विषयहरूमा सक्रिय रूपमा संलग्न रहँदै आउनुभएको छ। संघीय (Federal) र राज्य (State) तहका नियम–कानुनको अद्यावधिक तथा व्यावहारिक ज्ञानका आधारमा सुरक्षित समाधान दिन सक्नु उहाँको प्रमुख विशेषता हो। हाल उहाँ Himalaya Budha PLLC, CPA (Colorado) तथा TaxPro Hub – Himalaya Budha Tax Services, LLC (New York) मार्फत व्यक्तिगत करदाता, Self-employed, Gig-workers तथा विभिन्न व्यवसायहरूलाई कर, अडिट र व्यवसाय परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ।
ट्याक्ससम्बन्धी विविध विषयमा हिमाल बुढाथोकीसँग गरिएको कुराकानीका आधारमा प्रस्तुत सामग्री ………………….. का लागि अमेरिकाका सम्पादक ……………………………………ले तयार पारेको कुराकानीको सार–संक्षेप हो।
प्रश्न १:
अमेरिकामा बसोबास गर्ने धेरै नेपालीहरू काम गर्ने अनुमति, SSN वा ITIN लिएर काम–व्यवसायमा सक्रिय छन्। तर ट्याक्स फाइलिङ ढिलाइ हुने समस्या किन दोहोरिन्छ ?
उत्तर:
यो समस्या धेरै कारणले दोहोरिन्छ। पहिलो कारण जानकारीको कमी हो—ट्याक्स के हो, किन फाइल गर्ने, कुन अवस्थामा फाइल गर्नै पर्ने, कसरी फाइल गर्ने भन्ने आधारभूत कुरा धेरैलाई स्पष्ट हुँदैन। दोस्रो कारण डर हो—“पहिले फाइल नगरेको छु, अब फाइल गरे IRS ले खोज्छ कि?”, “कर धेरै तिर्नुपर्छ कि?” भन्ने डरले धेरैले कदम चाल्न सक्दैनन्। तेस्रो कारण “पछि गरौंला” भन्ने सोच हो, जुन विस्तारै वर्षौंको Backlog मा परिणत हुन्छ।
तर म सधैं भन्छु—ट्याक्स फाइल नगर्नु समस्या हो, तर ढिलाइ भएको समाधान हुँदैन भन्ने होइन। सही मार्गदर्शन र अनुभवी प्रोफेशनलसँग बसेर प्रायः सबै ट्याक्स समस्या सुरक्षित र कानुनी रूपमा समाधान गर्न सकिन्छ। मुख्य कुरा डर हटाएर प्रक्रिया सुरु गर्नु हो।
प्रश्न २:
TaxPro Hub स्थापना गर्दा तपाईंको मूल उद्देश्य के थियो ?
उत्तर:
TaxPro Hub स्थापना गर्दा मेरो उद्देश्य समुदायमा ट्याक्स सम्बन्धी सचेतना बढाउनु र व्यावहारिक समाधान उपलब्ध गराउनु थियो। धेरैले ट्याक्स फाइलिङलाई “फाराम भरेर पठाउने काम” मात्र ठान्छन्, तर वास्तवमा यो योजना (Planning), कागजात व्यवस्थापन, Compliance, र भविष्यको जोखिम नियन्त्रणसँग जोडिएको विषय हो। त्यसैले हाम्रो उद्देश्य Return File गर्नु मात्र होइन—ग्राहकलाई बुझाएर, योजना बनाएर, सही दिशामा अघि बढाउनु हो।
TaxPro Hub – Himalaya Budha Tax Services, LLC ले यही उद्देश्यका साथ व्यक्तिगत करदातादेखि साना व्यवसायी, Self-employed, Gig-workers, र अघिल्ला वर्ष फाइल नभएका केसहरूमा पनि नियमअनुसार समाधान प्रदान गर्दै आएको छ।
प्रश्न ३:
ट्याक्स फाइलिङ “किन महत्वपूर्ण !!” भन्ने कुरा तपाईं कसरी बुझाउनुहुन्छ ?
उत्तर:
ट्याक्स फाइलिङ केवल कर तिर्ने प्रक्रिया होइन—यो तपाईंको आयको कानुनी प्रमाण, आर्थिक इतिहास र भविष्यको सुरक्षा हो। नियमित ट्याक्स रेकर्डले धेरै Practical फाइदा दिन्छ। उदाहरणका लागि,
घर/कार/बिजनेस लोन लिन सजिलो हुन्छ, विभिन्न सरकारी प्रक्रिया वा Paperwork मा ट्याक्स ट्रान्सक्रिप्ट/रेकर्ड आवश्यक पर्न सक्छ, र इमिग्रेसन सम्बन्धित प्रक्रियाहरूमा पनि ट्याक्स हिस्ट्री सहयोगी हुन्छ। अर्को पक्ष जोखिमको हो। ट्याक्स फाइल नगरे Penalties, Interest, IRS Notices, र कहिलेकाहीँ कानुनी झन्झट पनि आउन सक्छ। ढिला फाइल गर्दा Penalty/Interest बढ्न सक्छ, तर जति छिटो फाइल सुरु गरिन्छ, त्यति जोखिम घट्छ। त्यसैले हामी ट्याक्सलाई “समयमै मिलाउनु पर्ने रेकर्ड” को रूपमा बुझाउँछौं।
प्रश्न ४:
TaxPro Hub ले मुख्यत: कस्ता सेवाहरू दिन्छ ? तपाईंले “फर्म भरेर मात्र पठाउँदैनौं” भन्नुभएको छ—त्यो व्यवहारिक रूपमा के हो ?
उत्तर:
TaxPro Hub मा हामी “केवल Return तयार पार्ने” भन्दा अगाडि बढेर ग्राहकको अवस्था बुझेर योजना बनाउँछौं। मुख्य सेवाहरूमा:
Individual & Family Tax Filing (W-2, 1099 आदि)
Self-employed / Gig Workers (Uber, Delivery, Freelancers)
Business Tax (LLC, S-Corp, Partnerships)
Past Years Tax Filing (Back Years) & IRS Notices
Basic bookkeeping & tax planning
“फर्म भरेर पठाउँदैनौं” भन्नुको अर्थ—ग्राहकको Income Structure, खर्चको क्याटेगरी, कागजात मिलान, र भविष्यका Risk Points पहिचान गरेर फाइलिङ गर्ने हो। CPA-led Firm भएकाले जटिल केसहरूमा पनि IRS नियमभित्र बसेर सुरक्षित समाधान दिन सक्छौं।
प्रश्न ५:
तपाईंको सार्वजनिक लेखा (Public Accounting) तथा Tax & Business Consulting को यात्रा कसरी सुरु भयो ?
उत्तर:
मेरो यात्रा सन् 2006 मा भारतको Institute of Chartered Accountants of India (ICAI) बाट Chartered Accountant (CA) को योग्यता पूरा गरेपछि नेपाल फर्किएसँगै सुरु भयो। नेपालमा प्रतिष्ठित अडिट फर्म र कर्पोरेट संस्थाहरूमा Statutory Audit, Internal Audit, Tax Audit, र Management Consultancy जस्ता क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाएँ। त्यो चरणमै मैले बुझें—कर, अडिट र वित्तीय परामर्श केवल कानुनी दायित्व होइन, व्यवसायलाई दीर्घकालीन रूपमा मजबुत बनाउने महत्वपूर्ण साधन हो।
नेपालमा काम गर्ने क्रममा निर्माण, उत्पादन, बैंकिङ र विकास परियोजनासँग जोडिएका क्लाइन्टहरूको Compliance, Audit र Tax Planning पक्ष सम्हाल्दा व्यावहारिक दक्षता बढ्यो। त्यसपछि कतारमा कार्यरत रहँदा Internal Audit, Risk Management, SOX Compliance, र बहुराष्ट्रिय संस्थाहरूका Financial Control Systems सँग काम गर्ने अवसर मिल्यो। यसले मलाई Cross-border Accounting र International Best Practices बुझ्ने आधार दियो।
प्रश्न ६:
अमेरिकामा आएपछि तपाईंले के–कस्ता अवसर र चुनौती देख्नुभयो ?
उत्तर:
सन् 2017 मा परिवार–आधारित ग्रीन कार्डमार्फत अमेरिका आएपछि यहाँको कर प्रणाली, IRS Structure, र State-level Compliance बुझ्नु ठूलो चुनौती थियो। तर यही चुनौतीले नयाँ अवसर पनि खोल्यो। Jackson Heights, Queens, NY स्थित CPA फर्ममा South Asian Community आधारित Clientele सँग काम गर्दा Tax Planning, CFO services, Bookkeeping Oversight, र Multi-state Tax Compliance मा व्यापक अनुभव भयो।
त्यससँगै IRS notices तथा Audits को प्रत्यक्ष Response, New York State Sales Tax Audits, र Workers’ Compensation सम्बन्धी Audit तथा अनुसन्धान प्रक्रियामा Senior Accountant को रूपमा काम गरेँ। यी सबैले मलाई “फाइलिङ मात्र होइन, समस्या आयो भने कसरी सुरक्षित र व्यावहारिक रूपमा समाधान गर्ने” क्षमतामा थप मजबुत बनायो। यही अनुभवलाई आधार बनाएर आज म Himalaya Budha PLLC, CPA (Colorado) र TaxPro Hub – Himalaya Budha Tax Services, LLC (New York) मार्फत सेवा दिइरहेको छु।
प्रश्न ७:
South Asian Immigrants तथा साना व्यवसायीहरूले अमेरिकामा ट्याक्स फाइल गर्दा तपाईंले देख्नुभएको सबैभन्दा Common गल्तीहरू के–के हुन् ?
उत्तर:
सबैभन्दा Common गल्ती भनेको ट्याक्स फाइलिङलाई “April मा मात्रै गरिने काम” ठान्नु हो। वर्षभरि Income, Expense, Bank Records र कागजात व्यवस्थित नराख्दा अन्तिम समयमा Income Miss, खर्च Deduct गर्न नपाइने, वा 1099/W-2 Mismatch जस्ता समस्या आउँछन्। विशेष गरी Uber, Delivery, Gas Stations, Resaturants, Lodges, Retails, IT Consulting जस्ता self-employed र cash-flow business मा Partial Reporting ले IRS Notice र Audit Risk बढाउँछ।
दोस्रो ठूलो गल्ती Federal Tax त फाइल गर्ने तर State र Local Tax—Sales Tax, Payroll Tax, Workers’ Compensation आदि—लाई हल्का रूपमा लिनु हो। New York जस्ता राज्यमा Sales Tax Audit कडा हुन सक्छ, Penalties/Interest Costly हुन सक्छ। त्यस्तै, IRS Noticeआएपछि Ignore गर्ने वा “पछि हेरौं” भन्ने सोचले सानो समस्या ठूलो बनाउँछ।
प्रश्न ८:
त्यसो भए तपाईंको “प्रमुख सल्लाह” के हो—साना व्यवसायी वा Gig-workers लाई ?
उत्तर:
मेरो मुख्य सल्लाह—ट्याक्स फाइलिङलाई Reactive होइन, Proactive प्रक्रिया बनाउनुहोस्। Record- Keeping व्यवस्थित राख्नुहोस्, खर्च/आम्दानी स्पष्ट क्याटेगरीमा राख्नुहोस्, व्यवसाय र व्यक्तिगत खर्च अलग गर्नुहोस्, र वर्षभरि Tax Planning गर्न CPA-led Firm सँग सम्पर्कमा रहनुहोस्। यसले कर बचत मात्र होइन, मानसिक शान्ति पनि दिन्छ।
TaxPro Hub मा हामी Tax Return तयार गरेर मात्र पठाउने होइन, ग्राहकलाई भविष्यमा समस्या नआओस् भनेर संरचनात्मक रूपमा मार्गदर्शन गर्ने कुरामा जोड दिन्छौं।
प्रश्न ९:
CPA-led Firm सँग काम गर्दा साधारण Tax Preparer सँग तुलना गर्दा के फरक अनुभव हुन्छ ?
उत्तर:
CPA-led Firm मा ट्याक्स फाइलिङलाई केवल फाराम भर्ने कामको रूपमा हेर्दैनौं—यो समग्र वित्तीय परामर्श प्रक्रिया हो। ग्राहकको Income Source, व्यवसाय संरचना, भविष्यको योजना, जोखिम, र Compliance सबैलाई मूल्यांकन गरेर सल्लाह दिन्छौं। यसले कर बचत मात्र होइन, भविष्यमा IRS notice, Audit वा कानुनी झन्झटको जोखिम घटाउँछ।
धेरै ग्राहक Tax Preparer परिवर्तन गरेर CPA-led Firm मा आउँदा अघिल्ला वर्षका त्रुटि सच्याएर Penalty/Interest घटाउन, Missed Deductions Claim गर्न, वा LLC vs S-Corp जस्ता संरचना सही बनाइ दीर्घकालीन लाभ लिन सक्षम भएका छन्।
प्रश्न १०:
अमेरिकामा बसोबास गरिरहेका आप्रवासी समुदायका लागि ट्याक्स रेकर्डको दीर्घकालीन भूमिका तपाईं कसरी व्याख्या गर्नुहुन्छ ?
उत्तर:
ट्याक्स रेकर्ड केवल वार्षिक हिसाब–किताब होइन—यो दीर्घकालीन Financial Identity हो। नियमित र सही ट्याक्स फाइलिङले भविष्यमा घर किन्न, व्यवसाय विस्तार गर्न, बैंक लोन लिन, वा क्रेडिट प्रोफाइल बलियो बनाउन ठूलो सहयोग गर्छ। मैले धेरै केसमा देखेको छु—आम्दानी राम्रो भए पनि ट्याक्स रेकर्ड नमिलेको कारणले Financing बाट वञ्चित हुनुपरेको।
विशेषगरी आप्रवासी समुदायमा ट्याक्स रेकर्ड इमिग्रेसन प्रक्रिया, व्यवसाय लाइसेन्स, र विभिन्न सरकारी/व्यावसायिक कागजातसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने भएकाले यसलाई हल्का रूपमा लिनु हुँदैन।

प्रश्न ११:
धेरैले IRS Notice आएपछि मात्र तपाईंलाई खोज्छन्। ‘समस्या भएपछि’ आउने ग्राहकलाई तपाईं कसरी मार्गदर्शन गर्नुहुन्छ ?
उत्तर:
हो, धेरै ग्राहक समस्या भएपछि आउनुहुन्छ—IRS Notice आएको, धेरै वर्ष ट्याक्स छुटेको, वा राज्य/फेडरल अडिटको सामना गर्नुपरेको अवस्थामा। यस्तो बेला मेरो पहिलो प्राथमिकता डर हटाउनु हुन्छ। धेरैजसो Notice हरू सही Documentation र समयमै Response दिएपछि व्यवस्थित रूपमा समाधान गर्न सकिन्छ। हामी Step-by-Step Strategy बनाउँछौं—कुन वर्ष फाइल गर्नुपर्छ, कति Liability हुन सक्छ, Payment Plan सम्भव छ कि छैन, Penalty Abatement सम्भावना छ कि छैन। TaxPro Hub को खास बल IRS तथा State Agencies सँग प्रत्यक्ष काम गरिसकेको अनुभव हो—कागजात कसरी प्रस्तुत गर्ने, के कुरामा ध्यान दिने, कहिले पेशेवर रूपमा Negotiate गर्ने भन्ने व्यवहारिक पक्ष यहीँबाट आउँछ।
प्रश्न १२:
अब 2025 कर वर्ष (फाइलिङ सिजन 2026) का नयाँ नियमहरूतर्फ जाऔं। One Big Beautiful Bill Act सहितका प्रावधानहरूले आम करदातालाई के असर गर्छ ?
उत्तर:
2025 कर वर्षका लागि लागू भएका प्रमुख परिवर्तनहरूमध्ये One Big Beautiful Bill Act निकै चर्चित छ। यसले Standard Deduction, Work-Related Income, Family Credits, र व्यवसायसम्बन्धी Depreciation जस्ता क्षेत्रलाई असर गरेको छ। उदाहरणका लागि, Standard Deduction Inflation अनुसार बढाइएको छ—Single-$15,750, Head of Household -$23,625, र Married Filing Jointly-$31,500। यसले धेरै करदातालाई Itemize नगरी पनि Taxable Income घटाउने अवसर दिन्छ। साथै ६५ वर्ष वा सोभन्दा माथिका करदाताका लागि अतिरिक्त Senior Deduction ले Fixed Income मा निर्भर समूहलाई राहत दिन सक्छ।
यससँगै, 2025 कर वर्षमा अभिभावकहरूका लागि एउटा महत्वपूर्ण planning विषय भनेको IRS Form 4547 हो। प्रस्तावित Child-linked Benefit / “Trump Account” सन्दर्भमा यो फारम उपयोगी हुन सक्छ। Form 4547 2025 को Tax Return सँगै नै पूरा गरेर आवश्यक Election गर्नु, Effective Date, July, वा पछि कुर्नुभन्दा धेरै उपयुक्त मानिन्छ। Tax Filing समयमा नै Election गर्दा बच्चाको उमेर, Dependency, Residency, र Support सम्बन्धी विवरणहरू मूल Tax Return मै स्पष्ट रूपमा दर्ता हुन्छन्। यसले भविष्यमा कार्यक्रम लागू हुँदा ढिलाइ, अन्योल कम गर्छ, र अभिभावकहरूले पछि अनावश्यक झन्झट भोग्नुपर्दैन। त्यसैले यसलाई Better Practice तथा Forward-looking Compliance Step को रूपमा लिनु नै उपयुक्त हुन्छ।
अर्को महत्वपूर्ण पक्ष Work-related Income तर्फ केन्द्रित छ—Tips र Overtime जस्ता आम्दानीमा निश्चित सीमासम्म Deduction दिने व्यवस्था उल्लेखनीय छ। तर यस्ता Deduction सबैलाई स्वतः लागू हुँदैनन्; आयको सीमा, Documentation, र Reporting सही हुनु अत्यन्तै जरुरी हुन्छ। त्यसैले 2025 को रिटर्न फाइल गर्दा आफ्नो आम्दानीको प्रकार, कागजातको गुणस्तर, र नियम लागू हुन्छ कि हुँदैन—यी कुरा अनुभवी प्रोफेशनलसँग बुझ्नु आवश्यक हुन्छ।
प्रश्न १३:
TaxPro Hub ले 2025 का नयाँ प्रावधानलाई ध्यानमा राखेर आम व्यक्ति तथा व्यवसायीलाई के तयारी र रणनीति सुझाव दिन्छ?
उत्तर:
हामी “Last-minute Filing” को सट्टा Proactive Tax Planning मा जोड दिन्छौं। 2025 का प्रावधानहरू—जस्तै Child Tax Credit Adjustment, SALT Deduction Cap विस्तार, Bonus Depreciation जस्ता कुराहरू—सही तरिकाले प्रयोग गरे कर बचतको अवसर हुन्छ। तर यी लाभहरू Filing Status, Income Level, Business Structure, र State Taxation अनुसार फरक हुन्छन्। त्यसैले “सबैका लागि एउटै नियम” भन्ने सोच गलत हुन सक्छ।
विशेष गरी Self-employed र व्यवसायीका लागि Bookkeeping, Payroll, र Documentation अझै महत्वपूर्ण हुन्छ। Tip Income, Overtime Income, Business Asset Purchases जस्ता विषयमा छुट पाउन Reporting र Records सही हुनैपर्छ। हामी ग्राहकलाई वर्षको अन्त्यमा मात्र होइन, वर्षभरि नै कर योजना मिलाउन सल्लाह दिन्छौं, ताकि Deduction Maximize होस् र Audit Risk घटोस्।
प्रश्न १४:
CPA हुनुका साथै तपाईं सक्रिय Mortgage Loan Originator (MLO) पनि हुनुहुन्छ। यसलाई तपाईंले आफ्नो सेवासँग किन जोड्नुभयो ?
उत्तर:
मेरो अनुभवमा धेरै ग्राहकले कर र लेखा मात्रै होइन, घर किन्न, Refinance गर्न, वा Investment Decisions गर्दा पनि “एकै ठाउँबाट स्पष्ट सल्लाह” चाहन्छन्। ट्याक्स, Income Structure, Credit Profile, र Cash Flow एउटै वास्तविकता हो—लोन निर्णयले ट्याक्समा असर पार्छ, ट्याक्स रेकर्डले लोनमा असर पार्छ। यही आवश्यकता बुझेर मैले MLO को भूमिका पनि थपेको हुँ।
Loan Factory मार्फत Virginia, New Jersey लगायत अन्य राज्यहरूमा Sponsored भएर सक्रिय रूपमा सेवा दिन पाउनु, साथै New York State मा लाइसेन्स/Sponsorship प्रक्रिया अन्तिम चरणमा पुग्नु—यी सबैले ग्राहकलाई धेरै राज्यमा Consistent Guidance दिन सहयोग हुन्छ। CPA पृष्ठभूमिले Loan Decision को “After-approval Financial Impact” (Tax Impact, Affordability, Cash Flow) समेत स्पष्ट पार्न मद्दत गर्छ, जसले ग्राहकलाई दीर्घकालीन रूपमा सुरक्षित निर्णय लिन सहयोग पुर्याउँछ।
प्रश्न १५:
TaxPro Hub को दीर्घकालीन दर्शन र लक्ष्य के हो—समुदायका लागि तपाईं के निर्माण गर्न चाहनुहुन्छ ?
उत्तर:
TaxPro Hub को दीर्घकालीन लक्ष्य समुदायसँगै बढ्ने, भरोसायोग्य र जिम्मेवार कर सल्लाहकार बन्नु हो। ट्याक्सलाई डरको विषयबाट निकालेर ज्ञान, तयारी र विश्वासको प्रक्रिया बनाउनु नै हाम्रो मूल दर्शन हो। हामी ग्राहकलाई “ट्याक्स समस्या हुनु असामान्य होइन, तर समाधान नखोज्नु जोखिमपूर्ण हो” भनेर स्पष्ट सन्देश दिन्छौं। अन्ततः, हाम्रो उद्देश्य एउटा ट्याक्स सिजन सक्नु मात्र होइन—ग्राहकको आर्थिक यात्रालाई दीर्घकालीन रूपमा सुरक्षित बनाउनु हो: सही संरचना, समयमै फाइलिङ, Proactive Planning, र आवश्यक पर्दा Notice/Audit समाधानसम्म।
Editor’s Note:
हिमाल बुढाथोकी, CPA को नेतृत्वमा रहेको TaxPro Hub – Himalaya Budha Tax Services, LLC ले South Asian समुदाय र साना तथा मध्यम व्यवसायीहरूका लागि ट्याक्स, अडिट र व्यवसाय परामर्शलाई “समुदायमैत्री तर व्यावसायिक” तरिकाले बुझाएर समाधान दिने अभ्यास विकास गरेको छ। CA बाट सुरु
भएको यात्राले नेपाल र Middle East मा सार्वजनिक लेखा, Audit, Risk Management, र Compliance का बहुआयामिक अनुभव दिएको छ; अमेरिकामा आएपछि IRS structure, State-level Compliance, Sales Tax Audits, Workers’ Compensation Audits, र IRS Notices/Audits समाधानमा प्राप्त प्रत्यक्ष अनुभवले त्यो पृष्ठभूमिलाई अझै Practical बनाएको छ।
TaxPro Hub ले केवल Tax Return तयार पार्ने भन्दा पनि Year-round Planning, Record-keeping, Compliance Readiness, र Risk Control मा जोड दिन्छ। व्यक्तिगत करदातादेखि W-2/1099, Gig- Workers (Uber, Delivery), Self-employed, LLC/S-Corp व्यवसाय, Multi-state Compliance, Past Years Filing, IRS notices तथा State Matters—यी सबै क्षेत्रमा नियमअनुसार सुरक्षित समाधान उपलब्ध गराउनु यसको सेवा–दृष्टिकोण हो। CPA-led firm भएकाले जटिल केसहरूमा Documentation, Strategy र Negotiation पक्षसम्म समेटेर काम गर्ने क्षमता यसको Strength हो—जहाँ धेरै साधारण Preparer-स्तरको सेवाले सीमितता देखाउने गर्छ।

साथै, CPA पृष्ठभूमिसहितको Mortgage Loan Officer (MLO) भूमिकाले TaxPro Hub को “Single- window Financial Clarity” लाई थप बल दिएको छ। कर, Income Structure, Cash Flow र Financing Decisions एकअर्कामा जडित हुने भएकाले, ग्राहकले घर किन्न, Refinance गर्न, वा वित्तीय योजना बनाउँदा कर–प्रभाव बुझेरै निर्णय लिन पाउँछन्। समग्र रूपमा, TaxPro Hub ले समुदायका लागि कर–अनुपालन मात्र होइन, दीर्घकालीन आर्थिक स्थिरता र निर्णय–क्षमता निर्माण गर्ने उद्देश्यमा केन्द्रित पेशागत सेवा प्रदान गरिरहेको देखिन्छ।
सम्पर्क
TaxPro Hub – Himalaya Budha Tax Services, LLC
प्रतिक्रिया