
कोलोम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सोमबार बिहानै एउटा कडा अभिव्यक्ति दिँदै आवश्यक परेमा आफू फेरि हतियार उठाउन तयार रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीबारे दिएको एक टिप्पणीपछि सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत पेट्रोले यस्तो चेतावनी दिएका हुन्।
पेट्रोले भनेका छन्, “म सैनिक त होइन, तर मलाई युद्ध र गोप्य सैन्य कारवाहीका बारेमा राम्रो ज्ञान छ।” उनले सन् १९८९ को शान्ति सम्झौता पछि कहिल्यै हतियार नछुने कसम खाएका थिए। तर अहिलेको परिस्थितिमा बोल्दै उनले थपे, “मेरो देशको रक्षाका लागि मलाई मन नलाग्दा नलाग्दै पनि म फेरि हतियार उठाउन तयार छु।”
यो विवाद चार महिनाअघि नै सुरु भएको थियो जब पेट्रोले ट्रम्पलाई लक्षित गर्दै केही कुराहरू भनेका थिए। उनलाई विदेशी हस्तक्षेप, क्षेप्यास्त्र आक्रमण वा हत्याका घटनाहरू स्वीकार्य छैनन् ,उनले स्पष्ट पार्दै भनेका थिए । उनले भनेका थिए, “म यहीँ पर्खिरहेको छु। म कुनै पनि आक्रमण सहन सक्दिनँ, म केवल बुद्धिमानीपूर्ण छलफललाई स्वीकार गर्छु।”
प्रतिक्रिया