
जनवरी ५, २०२६
कोलोराडो, अमेरीका
कोलोराडोमा माघेसक्रान्तिको अवसरमा मगर संस्कृती झल्कने माघे सक्रान्ति बिशेष कार्यक्रम आयोजना हुने भएको छ ।
मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा यही जनवरी १७ तारिक शनिवारका दिन विविध मगर संस्कृति झल्किने कार्यक्रम गर्दै माघे संक्रान्ति मनाउन लागिएको हो ।
वेस्टमिनिस्टर स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा मगर संस्कृति अन्तर्गत पर्ने सालैजो, लाईभ कौडा, मारुनि लगायतका मौलिक सांस्कृतिक तथा खानेकुराका परिकारहरु बटुक, तरुल, पोर्क, सेलरोटी साथै मगर भेषभुषाको प्रस्तुति रहने छ । जहाँ रहे पनि जहाँ वसे पनि, नभुलौ मातृभुमिलाई जोगाई राखौ युगौ युग कला र संस्कृतिलाईू भन्ने मुल नाराका साथ सदाका वर्ष जस्तै यो वर्ष पनि कार्यक्रम गर्न लागिएको मगर संघ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष उपेन्द्र राना मगरले बताएका छन् ।
जनवरी १७ तारिक दिउँसो ३ वजेदेखि राती ९ वजेसम्म सञ्चालन हुने कार्यक्रममा कोलोराडोमा रहेका संघ संस्थाका पदाधिकारी, समाजसेवी, सुभचिन्तक, लगायत सम्पुर्ण नेपाली समुदायका महानुभावहरूलाई बिभिन्न सामाजिक सञ्जाल मार्फत निमन्त्रणा गरिएको यदि कुनै कारणबस कसैले खवर नपाउनु भएको भएपनि यसै समाचारलाइ आधारमानि सहभागी भइदिनुहुन अध्यक्ष राना मगरले सबैलाइ अनुरोध गरेका छन् ।
यसैगरी माघे सक्रान्ति कार्यक्रमलाइ भव्य र सभ्य तरिकाका साथ सम्पन्न पार्न तयारी तिव्र पारिएको कार्यक्रम संयोजक श्रिस्टीना पुर्जा मगरले बताएकी छन् ।

पत्रकार/लेखक
प्रतिक्रिया