
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो उदग्रबिमान (हेलिकप्टर)मार्फत न्युयोर्कको म्यानह्याटन् आइपुगेका छन्। उनी ओर्लिएको ठाउँ (हेलिपोर्ट) मा स्थानीय प्रहरी र संघीय सुरक्षा गुप्तचरहरूको ठूलो उपस्थिति रहेको थियो।
जब उदग्रबिमान(हेलिकप्टर)हरू जमिनमा ओर्लिए, त्यहाँ सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो। मादुरो आइपुगेको पुष्टि भएलगत्तै काला रङका एसयूभी गाडीहरू, प्रहरीका सुरक्षा गाडी (भ्यान)हरूको एउटा लामो ताँती त्यहाँबाट निस्किएको देखियो।
फक्स न्यूजका अनुसार, पदबाट हटाइएका भेनेजुएलाका नेता मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस बोकेको उदग्रबिमान (हेलिकप्टर )न्युयोर्क शहरको ‘वेस्ट साइड हेलिपोर्ट’ बिमान ओर्लिने स्थलमा ओर्लिएको हो।
त्यहाँबाट उनीहरूलाई कडा सुरक्षाका साथ पहिले लागुऔषध नियन्त्रण विभागको कार्यालय लगिनेछ। त्यसपछि उनीहरूलाई बस्नका लागि ब्रुकलिनमा रहेको ‘मेट्रोपोलिटन डिटेन्सन सेन्टर’ (कारागार ) मा पुर्याइनेछ।
प्रतिक्रिया