
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भेनेजुएलामा एक विशाल र साहसिक सैन्य कारबाही सम्पन्न भएको छ।
अमेरिकी रक्षा सल्लाहकार जनरल ड्यान केनका अनुसार, ‘अपरेशन एब्सोल्युट रिजल्भ’ नाम दिइएको यस अभियानमा २० वटा फरक-फरक सैन्य आधार शिविरबाट १५० भन्दा बढी आधुनिक विमानहरू उडाइएका थिए।
यस आक्रमणमा संसारकै खतरनाक मानिने एफ-२२ ,एफ-३५ र एफ-१८ जस्ता लडाकु बिमान, विशाल बि१ बमवर्षक विमानहरू र मानवरहित यान (ड्रोन)हरूको प्रयोग गरिएको थियो।
यी विमानहरूको मुख्य काम भनेको जमिनमा ओर्लिने उदग्रबिमान (हेलिकप्ट)रहरूलाई सुरक्षा घेरा प्रदान गर्नु थियो। अमेरिकी उदग्रबिमानहरू रातीको समयमा पानीको सतहभन्दा केही माथिबाट उड्दै भेनेजुएला छिरेका थिए ताकि उनीहरूलाई कसैले थाहा नपाओस्।

सेनाप्रमुखका केनका अनुसार यो अभियान महिनाौंदेखि योजना बनाइएको थियो। क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा पनि अमेरिकी सैनिकहरू तयारी अवस्थामा बसेका थिए।
शुक्रबार राति मौसम अलि सफा हुनासाथ यो आक्रमण सुरु गरियो। उदग्रबिमानहरू राष्ट्रपति मदुरोको निवास नजिकै पुग्दा भेनेजुएलाको सेनाले गोली चलाएको थियो। एउटा उदग्रबिमानमा गोली लागे पनि सबै विमानहरू सुरक्षित रूपमा फर्कन सफल भए। अन्ततः, राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई सकुशल पक्राउ गरियो।

राष्ट्रपति ट्रम्पले घोषणा गरे अनुसार अब केही समयका लागि भेनेजुएलाको शासन उनकै नजिकका अधिकारीहरू मार्को रुबियो र हेगसेथले सम्हाल्नेछन्। साथै, ट्रम्पले भेनेजुएलामा रहेको संसारकै ठूलो तेलको भण्डारलाई अमेरिकाले प्रयोग गर्ने र अन्य देशहरूलाई पनि ठूलो मात्रामा तेल बेच्ने योजना सुनाए ।
यो घटनाले विश्व राजनीतिमा ठूलो हलचल ल्याएको छ। यो कारबाही निकै गोप्य र खतरनाक थियो, जसले एउटा देशको सत्तालाई रातारात परिवर्तन गरिदिएको छ।
प्रतिक्रिया