
रुसले भेनेजुएलामा भएको अमेरिकी कारबाहीलाई “सशस्त्र आक्रमण” भन्दै कडा शब्दमा निन्दा गरेको छ। शनिबार सामाजिक संजाल टेलिग्राममार्फत जारी विज्ञप्तिमा रुसको विदेश मन्त्रालयले भन्यो— भेनेजुएलाले कुनै पनि विनाशकारी, विशेषगरी सैन्य, बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य आफैं निर्धारण गर्ने अधिकार पाउनुपर्छ।
रुसले अवस्था झन् बिग्रिन नदिन संवादको बाटो अपनाउन आग्रह गर्दै भेनेजुएलाका जनता र सरकारसँग एकजुटता प्रकट गरेको छ। साथै, यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउनुपर्ने मागलाई समर्थन गरेको छ।
उता, राष्ट्रपति डोनाल्ड ट्रम्प को पहिलो कार्यकाल दौरान अमेरिकी न्याय बिभागले निकोलस मादुरोविरुद्ध धेरै अभियोगदायर गरेको थियो। ती अभियोगमा मादुरो र उनका सहयोगीहरूले भेनेजुएलालाई लागु औषध तस्कर र आतंककारी समूहको सेवामा चल्ने आपराधिक सञ्जाल बनाएको आरोप लगाइएको थियो। अमेरिकी अभियोजन अनुसार, उनीहरूले देशबाट अर्बौं डलर लुटेका थिए।
न्यूयोर्कका अभियोजकहरूले दायर गरेको एक अभियोगमा मादुरो र समाजवादी दलका नेता डियोस्दादो काबेलोले कोलम्बियाली विद्रोही र सैनिक समूहसँग मिलेर अमेरिकामा कोकेन बाढीझैँ पठाउने षड्यन्त्र गरेको आरोप छ। अभियोगमा यो “अमेरिकाविरुद्धको हतियार” का रूपमा लागू औषध व्यापार प्रयोग गरिएको भनिएको छ।
प्रतिक्रिया