सामाजिक सञ्जालमा खलबली: विश्वकै धनी व्यक्ति इलन मस्कलाई मृत्युको धम्की

इनेप्लिज २०८२ पुष १८ गते १२:२९ मा प्रकाशित

विश्वकै धनी व्यक्ति तथा टेस्ला प्रतिष्ठानका मालिक इलन मस्क र एक टिकटक प्रयोगकर्ताबीच सामाजिक सञ्जालमा ठुलो झगडा परेको छ। एक सोमाली-अमेरिकी टिकटक प्रयोगकर्ताले आफ्नो प्रत्यक्ष प्रसारण (लाइभ भिडियो)को क्रममा मस्कको बारेमा विवादास्पद कुरा गरेपछि यो विवाद सुरु भएको हो।

श्रब्यदृश्य (भिडियो)मा ती महिलाले अमेरिकाको मिनेसोटामा सञ्चालित केही डे-केयर (बालबालिका हेरचाह केन्द्र) हरूमाथि मस्कले लगाएको ठगीको आरोपको मजाक उडाएकी छिन्। कुराकानीको क्रममा उनले मस्कको बारेमा भनिन्, “उनको धेरै चिन्ता नगर्नुहोस्, उनी अब मर्नै लागेका छन्।”

यो श्रब्यदृश्य (भिडियो )सामाजिक सञ्जालमा व्यापक भएपछि इलन मस्कको नजरमा पर्‍यो। मस्कले उक्त श्रब्य दृश्य (भिडियो)को जवाफमा “त्यसो भए अब युद्ध हुन्छ” ) भनेर कडा टिप्पणी लेखेका छन्।

मस्कले यो पोस्टलाई आफ्नो मुख्य पृष्ठ (प्रोफाइल)को सबैभन्दा माथि राखेका छन् जसलाई अहिलेसम्म ८० लाखभन्दा बढी मानिसले हेरिसकेका छन्।

यो घटनाले सामाजिक सञ्जालमा कसैको बारेमा बोल्दा कति जिम्मेवार हुनुपर्छ भन्ने कुराको चर्चा फेरि सुरु गरिदिएको छ।

प्रतिक्रिया