अमेरिकाको कोलोराडोमा दुखद घटना: जङ्गली बाघ (माउन्टेन लायन) को आक्रमणबाट एक महिलाको मृत्यु

इनेप्लिज २०८२ पुष १८ गते १२:१५ मा प्रकाशित

गत बिहीबार जनवरी १ नयाँ बर्षका दिन अमेरिकाको कोलोराडो राज्यमा एक अत्यन्तै दुर्लभ र दुखद घटना भएको छ। ‘क्रोजियर माउन्टेन’ नामको पदयात्रा मार्ग मा हिँडिरहेकी एक महिलाको ‘माउन्टेन लायन’ (एक प्रकारकोठूलो जङ्गली बिरालो वा बाघ) को आक्रमणबाट मृत्यु भएको छ।

दिउँसो सवा १२ बजेतिर अन्य पदयात्रीहरूले बाटोमा एक महिला लडिरहेको र उनको नजिकै एउटा जङ्गली बिरालो वा बाघ बसिरहेको देखेका थिए। ती पदयात्रीहरूले ढुङ्गाले हानेर जनावरलाई त्यहाँबाट धपाएका थिए, तर त्यतिबेलासम्म ती महिलाको मृत्यु भइसकेको थियो।

अधिकारीहरूका अनुसार कोलोराडोमा यस्तो आक्रमण एकदमै कम हुने गर्छ। यसअघि सन् १९९९ मा मात्रै यस्तो घातक आक्रमण भएको थियो।

सिएनएनका अनुसार वन्यजन्तु अधिकारीहरूले सुरक्षाका लागि घटनास्थलमा भेटिएका दुईवटा जङ्गली बिरालो या बाघ (माउन्टेन लायन)लाई मारेका छन्। ती जनावरहरूलाई कुनै रोग लागेको थियो कि भनेर परीक्षण गरिनेछ।

कोलोराडोमा करिब ४,००० को सङ्ख्यामा यस्ता जङ्गली बिरालो या बाघ हरू पाइन्छन्, जसले प्राय: मृगहरूको सिकार गर्छन्।

तस्बिर : कृतिम बुद्धिमत्ता

प्रतिक्रिया