अमेरिकाद्वारा भेनेजुएलामाथि थप कडाइ: तेल बोक्ने जहाज र प्रतिष्ठानहरू माथि प्रतिबन्ध

इनेप्लिज २०८२ पुष १७ गते १३:११ मा प्रकाशित

अमेरिकाले दक्षिण अमेरिकी देश भेनेजुएलाको तेल व्यापारलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलासँग सम्बन्ध भएका ४ वटा प्रतिष्ठान (कम्पनी )र तेल बोक्ने ठूला जहाज (ट्याङ्कर) माथि प्रतिबन्ध लगाएको हो।

अमेरिकाका अनुसार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सरकारले अवैध रूपमा तेल बेचेर आएको पैसा लागूऔषध तस्करी र गलत काममा प्रयोग गरिरहेको छ।

सिबिएसन्यूजका अनुसार अमेरिकाले ती जहाजहरूलाई “छायाँ टोली” भनेको छ, जसले लुकिछिपी तेल ओसार्ने गर्छन्।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाबाट तेल लिएर हिँड्ने जहाजहरूलाई पूर्ण रूपमा रोक्न आदेश दिएका छन् । अमेरिकी सेनाले यसअघि नै दुईवटा जहाजहरू कब्जामा लिइसकेको छ।

गत हप्ता भेनेजुएलाको एउटा ठूलो बन्दरगाह क्षेत्रमा शक्तिशाली विस्फोट भएको थियो। राष्ट्रपति ट्रम्पका अनुसार त्यो ठाउँ लागूऔषध तस्करीका लागि प्रयोग गरिन्थ्यो र अमेरिकी कारबाहीमा त्यसलाई नष्ट गरिएको हो।

प्रतिक्रिया