केनेडीका वंशको एउटा उज्यालो नक्षत्र निभ्यो: पत्रकार टटियाना स्लोसबर्गको ३५ वर्षकै उमेरमा निधन

इनेप्लिज २०८२ पुष १५ गते २३:३१ मा प्रकाशित

प्रख्यात अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीकी नातिनी तथा वातावरण पत्रकार टटियाना स्लोसबर्गको ३५ वर्षको अल्पायुमै निधन भएको छ।

क्यारोलिन केनेडी र एडविन स्लोसबर्गकी छोरी टटियानाले आफूलाई असाध्यै जटिल प्रकारको अबुर्द(क्यान्सर) भएको खुलासा नोभेम्बर २०२५ मा ‘द न्यू योर्कर’ मा प्रकाशित एक निबन्धमार्फत गरेकी थिइन्।

जोन एफ. केनेडी पुस्तकालय प्रतिष्ठान (लाइब्रेरी फाउन्डेसन)ले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गर्दै भन्यो, “हाम्री सुन्दरी टटीयानाको आज बिहान निधन भएको छ। उनी सधैं हाम्रो हृदयमा रहनेछिन्।”

सन् २०२४ मे महिनामा ३४ वर्षको उमेरमा उनलाई ‘एक्युट माइलोइड ल्युकेमिया’ (रगतको क्यान्सर) देखिएको थियो। दोस्रो सन्तानको जन्मपछि गरिएको परीक्षणमा उनको सेतो रक्तकोशिकाको संख्या असामान्य रूपमा उच्च देखिएको थियो।

उनले आफ्नो निबन्ध अ ब्याटल विथ माइ बल्डमा आफ्ना पीडादायी अनुभवहरू साझा गरेकी थिइन्। उनले उल्लेख गरे अनुसार, अन्तिम पटकको परीक्षणका क्रममा चिकित्सकले उनलाई ‘शायद एक वर्षसम्म मात्र जीवित राख्न सकिने’ बताएका थिए।

प्रतिक्रिया