अमेरिकालाई कडा चुनौती: किम जोङ उनद्वारा ‘आत्मा-रक्षा’ को लागि क्षेप्यास्त्र प्रहार गरेको दाबी

इनेप्लिज २०८२ पुष १४ गते १२:०९ मा प्रकाशित

उत्तर कोरियाले आफ्नो परमाणु शक्ति प्रदर्शन गर्न आइतबार समुद्रमा लामो दूरीका ‘स्ट्राटेजिक क्रुज मिसाइल’ अर्थात् “रणनीतिक समुन्द्री क्षेप्यास्त्रहरू प्रहार गरेको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले यस परीक्षणप्रति ठूलो सन्तुष्टि व्यक्त गर्दै यसलाई बाह्य खतराबाट देश बचाउने ‘आत्म-रक्षाको अधिकार’ भनेका छन्।

उत्तर कोरियाले हालै मात्र आफ्नो पहिलो परमाणु शक्तिबाट चल्ने पनडुब्बी निर्माणमा प्रगति गरेको देखाएको थियो।

दक्षिण कोरियाली सेनाका अनुसार यी क्षेप्यास्त्रहरू कम उचाइमा उड्ने र रेडार(रेडियो सङ्केतबाट वस्तु पत्ता लगाउने यन्त्र)बाट बच्न सक्ने खालका छन्, जसले अमेरिकी युद्धपोतहरूलाई निशाना बनाउन सक्छन्।

उत्तर कोरियामा अर्को वर्षको सुरुमा ‘वर्कर्स पार्टी’ को महत्त्वपूर्ण बैठक हुँदैछ। विज्ञहरूका अनुसार, किम जोङ उनले आफ्नो परमाणु हतियार बढाएर अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो पकड बलियो बनाउन खोजिरहेका छन्।

एबिसीन्यूजका अनुसार उनले अमेरिकासँगको वार्तामा बस्नको लागि वासिङ्टनले आफ्नो ‘परमाणु निशस्त्रीकरण’ को अडान छोड्नुपर्ने सर्त राखेका छन्। दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियाको यस्तो कदमप्रति कडा निगरानी राखिरहेका छन्।

तस्बिरहरु : कृतिम बुद्धिमत्ता -जेमानाइ एआइ /च्याटजिपिटि

प्रतिक्रिया