
२०८२ पौष १२ गते
ब्रह्म स्पोर्टस् क्लबको आयोजनामा काठमाडौं महानगरपालिका १२ वडाको सहयोगमा ब्रह्म स्पोर्टस् क्लबका अध्यक्ष सन्देश मानन्धरको सभापतित्वमा एक दिवसीय ब्रह्म टेबल टेनिस प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
प्रतियोगिताको समुद्घाटनको अवसरमा खेल क्षेत्रमा योगदान गर्नु हुने क्लबका पूर्व कार्यसमिति सदस्य व्दय जिम्न्याष्टिक तर्फ पूर्णमान वज्राचार्य र भलिवल तर्फ प्रज्ज्वल बहादुर सिंहलाई सम्मान गरिएको थियो । यस्तै कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई रु ३०,००० नगद सहित सम्मान गरिएको थियो ।
समुद्घाटन समारोहका प्रमुख अतिथि कामपा १२ वडाका वडा अध्यक्ष श्री बालकृष्ण महर्जनले स्थानीय स्तरमा खेलकुदको विकासमा काठमाडौं महानगरपालिका १२ वडा सदैव साथ रहने कुरा राख्नु भयो ।
राष्ट्रिय खेलकुद परिषदका टेबल टेनिसका मुख्य प्रशिक्षक मोहन दास बासुकलाले प्रतियोगिता संचालन गर्नु भएको थियो । प्रतियोगितामा काठमाडौं महानगरपालिकाका ११, १२, १३, १४, २०, २१ र २३ वडाका स्थानीय खेलाडीहरुको सहभागिता रहेको थियो । खेल पुरुष एकल र भेटरान समूहमा भएको थियो ।
पुरुष एकल खेलमा सार्थक मानन्धरले प्रथम स्थान हासिल गर्नु भएको थियो भने अमिताभ शाक्य व्दितीय र तृतीय स्थानमा रुपेश शाक्य र निरेश डंगोल रहनु भएको थियो ।
यसै गरी भेटरान तर्फ अमिताभ शाक्यले प्रथम स्थान हासिल गर्नु भएको थियो भने विश्ववन्धु कर्माचार्य व्दितीय र तृतीय स्थानमा समयसत्व शाक्य र सचित प्रधान रहनु भएको थियो । प्रतियोगितामा इमर्जिङ प्लेयरको रुपमा अजित महर्जनलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथि बालकृष्ण महर्जनले नगद पुरस्कार सहित मेडल तथा शिल्ड प्रदान गर्नु भएको थियो । नगद पुरस्कारमा पुरुष एकलमा प्रथमलाई बीस हजार, व्दितीयलाई दश हजार र तृतीय दुई जनालाई जनही पाँच हजारको दरले नगद पुरस्कार प्रदान गरिएको थियो भने भेटरान तर्फ प्रथमलाई दश हजार, व्दितीयलाई पाँच हजार र तृतीय दुई जनालाई जनही तीन हजारको दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया