न्युयोर्कमा रेलभाडा अब घुम्तीयन्त्र या घडीबाटै भाडा तिर्न सकिने,३० वर्ष पुरानो ‘मेट्रो कार्ड’ अब इतिहास बन्दै

इनेप्लिज २०८२ पुष १३ गते १७:१४ मा प्रकाशित

न्यूयोर्क शहरको रेल गाडी र बस प्रणालीमा प्रयोग हुँदै आएको मेट्रोकार्ड (रेल शुल्क पत्र)अब इतिहास बन्ने भएको छ। सन् १९९४ मा टोकनको सट्टा सुरु गरिएको मेट्रोकार्ड ३० वर्षभन्दा बढी समयपछि पूर्ण रूपमा हटाइने भएको हो।

विगत ३० वर्षदेखि शहरबासीहरुको खल्तीमा रहने पहेंलो रङको ‘मेट्रो कार्ड’ अर्थात् रेलशुल्क पत्र २०२५ को डिसेम्बर ३१ तारिखसम्म यो पत्र (कार्ड) किन्न वा पैसा थप्न मिल्ने अन्तिम दिन हुनेछ।

अर्थात् डिसेम्बर ३१, २०२५ पछि मेट्रोकार्ड किन्न वा पुन पैसा त्यसमा भर्न छैन। त्यसपछि यात्रुहरूले ओम्नी नामक नयाँ प्रणाली प्रयोग गर्नुपर्नेछ, जसमा नगद पत्र (क्रेडिट कार्ड), गुम्तीयन्त्र (मोबाइल फोन )वा गतिशील उपकरण घोटेर भाडा तिर्न सकिन्छ।

परिवहन अधिकारीहरूका अनुसार अहिले नै ९० प्रतिशतभन्दा बढी यात्रा छुवाउने र जाने अर्थात् ट्याप–एन्ड–गो प्रणालीबाट भइरहेको छ। यो प्रणाली सन् २०१९ मा सुरु गरिएको थियो। लन्डन, सिंगापुर जस्ता विश्वका ठूला शहरहरूले यस्तो प्रणाली धेरै अघि नै अपनाइसकेका छन्।

के हो त यो नयाँ प्रविधि?

अहिले न्युयोर्कले ओम्नी (OMNY )नामको नयाँ प्रणाली अपनाएको छ। यसलाई अंग्रेजीमा ‘ट्याप-एन्ड-गो’ भनिन्छ। पहिले जस्तो यन्त्रमा पत्र यन्त्रमा पत्र अर्थात् कार्ड घोटिरहनु पर्दैन। अब यात्रुले आफ्नो नगद पत्र (क्रेडिट कार्ड)लाई यन्त्रमा (मेसिन)मा ढ्याप्प छुवाउने बित्तिकै भाडा काटिन्छ। यो ठ्याक्कै पसलमा सामान किनेर घुम्तीयन्त्र (मोबाइल)बाट पैसा तिरेजस्तै सजिलो छ।

सन् १९९४ मा जब मेट्रो कार्ड सुरु भएको थियो, यसले सिक्काको युग अन्त्य गरेको थियो। यो पत्र न्युयोर्कको पहिचान नै बनेको थियो। डेभिड बोवी जस्ता ठूला कलाकार र प्रसिद्ध दूरदर्शन(टिभी शो)का तस्बिरहरू पनि यी पत्र (कार्ड)मा छापिन्थे, जसलाई मानिसहरूले जम्मा गरेर राख्ने गर्थे। तर, समयसँगै यो प्रविधि पुरानो भयो। अहिले ९० प्रतिशतभन्दा बढी मानिसले नयाँ प्रविधि प्रयोग गर्न थालिसकेका छन्।

परिवर्तनका फाइदा र चुनौती यो नयाँ प्रणालीले रेल विभागको वार्षिक करिब २० मिलियन अर्थात् २ करोड डलर बचत गर्नेछ। यात्रुहरूका लागि पनि एउटा राम्रो सुविधा छ— यदि कसैले हप्तामा १२ पटक भाडा तिर्नुभयो भने त्यसपछिका बाँकी यात्राहरू निःशुल्क हुनेछन्।

लन्डन र सिंगापुर जस्ता ठूला शहरहरूले पहिले नै यस्तो प्रविधि अपनाइसकेका छन्। अब न्युयोर्क पनि पूर्ण रूपमा अङ्किय (डिजिटल )भविष्यतर्फ अघि बढेको छ।

तस्बिरहरु : कृतिम बुद्धिमत्ता

प्रतिक्रिया