
अमेरिकाको न्युयोर्क, न्यु जर्सी र कनेक्टिकट राज्यमा यो वर्षकै सबैभन्दा शक्तिशाली हिमआँधी आएको छ। न्युयोर्कको प्रसिद्ध सेन्ट्रल पार्कमा करिब ४ इन्च हिउँ जमेको छ, जुन सन् २०२२ पछिकै सबैभन्दा उच्च अभिलेख हो। शहरभन्दा बाहिरका केही क्षेत्रमा ९ इन्चभन्दा बढी हिउँ परेको छ।
हिमपात थामिए पनि अहिले सडकमा ‘कालो बरफ’ को ठूलो जोखिम बढेको छ। सिबिएसन्यूजका अनुसार यो बरफ यति पातलो र पारदर्शी हुने हुनाले चालकहरूले सडक सफा छ भन्दै गाडी कुदाउदा एक्कासि चिप्लिएर ठूला दुर्घटनाहरू हुने गर्छन्। यसैकारण सरकारले सडकमा ५ करोड पाउन्डभन्दा बढी नुन छरेको छ।
न्युयोर्क र न्यु जर्सीका गभर्नरहरूले संकटकाल घोषणा गर्दै मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्। खराब मौसमका कारण जेएफके र नेवार्क जस्ता ठूला विमानस्थलमा हजारौँ उडानहरू रद्द भएका छन्। घर र पसल अगाडिको हिउँ समयमै सफा नगर्नेलाई ३५० डलरसम्म जरिवाना गरिने नियम कडा पारिएको छ।
सोमबारदेखि तापक्रम बढ्ने र हिउँ पग्लने अनुमान गरिएको छ । उडान रद्ध बारे जानकारी दिने फ्लाइटअवेरको तथ्याँक अनुसार शनिबार राती सम्म १,५८१ उडान रद्ध भएका र करिव ६,८०० उडान बिलम्ब भएका छन् ।
प्रतिक्रिया