
युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला रुसले युक्रेनको राजधानी कीभमा ठुलो आक्रमण गरेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा जाँदै गर्दा यो आक्रमण भएको हो ।
रुसले रातभरिमा करिब ५०० वटा मानव रहित यान (ड्रोन() र ४० वटा भन्दा क्षेप्यास्त्र (मिसाइल )प्रहार गरेको छ। यो यस वर्षकै सबैभन्दा लामो (१० घण्टासम्म चलेको) आक्रमण मध्ये एक हो।
यसमा परी कम्तीमा १ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। कीभमा अत्यधिक चिसो भइरहेका बेला रुसी क्षेप्यास्त्रले बिजुली र तातो बनाउने (हिटिङ) प्रणालीमा क्षति पुर्याउँदा २,६०० भन्दा बढी घर, १३८ विद्यालय र १८७ शिशु कक्षा (किन्डरगार्टेन) हरू तातो सुविधाबाट वञ्चित भएका छन्।

जेलेन्स्कीका अनुसार अमेरिका र युक्रेन मिलेर युद्ध रोक्ने एउटा योजना बनाएका छन्, जुन ९०% तयार भइसकेको छ। उनी यही विषयमा ट्रम्पसँग छलफल गर्न आइतबार फ्लोरिडामा आउदैछन् । अर्कोतर्फ, ट्रम्पले पनि जेलेन्स्कीसँगको भेट राम्रो हुने आशा राखेका छन् तर उनले युक्रेनको योजनालाई आफ्नो स्वीकृति चाहिने कुरामा जोड दिएका छन्।
जेलेन्स्कीले रुसको आलोचना गर्दै भनेका छन्, “एकातिर रुस शान्तिको कुरा गरिरहेको छ, अर्कोतिर निर्दोष नागरिकमाथि क्षेप्यास्त्र बर्साइरहेको छ। यसले पुटिनको वास्तविक नियत देखाउँछ।”
प्रतिक्रिया