विश्वको नजर: ट्रम्प र जेलेन्स्कीबीच छिट्टै ऐतिहासिक भेट हुने

इनेप्लिज २०८२ पुष ११ गते ११:१८ मा प्रकाशित

झण्डै चार वर्षदेखि चलिरहेको युक्रेन र रुसबीचको युद्ध अब रोकिन सक्ने संकेत देखिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल (X) मार्फत आफू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच “निकट भविष्यमै” भेटघाट हुन लागेको जानकारी दिएका छन् ।

जेलेन्स्कीका अनुसार यो भेटमा युद्ध रोक्ने मुख्य उपायहरूमा छलफल हुनेछ। उनले भने , “हामीले एक दिन पनि खेर फालिरहेका छैनौँ। नयाँ वर्ष अघि नै धेरै कुराको निर्णय हुन सक्छ।” यसअघि जेलेन्स्कीले ट्रम्पका नजिकका मानिसहरूसँग पनि लामो छलफल गरि सकेका छन् ।

युद्ध रोक्नका लागि जेलेन्स्कीले एउटा प्रस्ताव राखेका छन् । यदि रुसी सेना पछि हट्छ भने युक्रेनले पनि केही ठाउँबाट आफ्ना सैनिक हटाउनेछ र त्यहाँ अन्तर्राष्ट्रिय टोलीले निगरानी गर्नेछ। तर, रुसले भने आफूले जितेको जमिन छोड्न नचाहेको हुनाले कुराकानी अलि जटिल बनेको छ।

एकातिर शान्तिको कुरा भइरहेको छ भने अर्कोतिर लडाइँ अझै रोकिएको छैन। रुसले युक्रेनका शहरहरूमा मानव रहित यान (ड्रोन)बाट आक्रमण गरिरहेको छ, जसले गर्दा धेरै ठाउँमा बिजुली काटिएको छ। जवाफमा युक्रेनले पनि रुसका तेल प्रशोधन केन्द्रहरूमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

प्रतिक्रिया