
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा सक्रिय ‘इस्लामिक स्टेट’ का आतंककारीहरू विरुद्ध ठूलो सैन्य आक्रमण गर्न आदेश दिएका छन्। नाइजेरियामा लामो समयदेखि निर्दोष क्रिश्चियन धर्मावलम्बीहरूमाथि भइरहेको हिंसालाई रोक्न अमेरिकाले यो कदम चालेको हो।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै भनेका छन्, “मेरो निर्देशनमा अमेरिकी सेनाले उत्तर-पश्चिम नाइजेरियाका आतंककारीहरूमाथि शक्तिशाली र ज्यानमारा हमला गरेको छ। यी आतंककारीहरूले वर्षौँदेखि निर्दोष मानिसहरूको ज्यान लिइरहेका थिए।”
उनले अगाडि थपे, “मैले पहिले नै चेतावनी दिएको थिएँ कि यदि क्रिश्चियनहरूको हत्या रोकिएन भने यसको नतिजा नराम्रो हुनेछ। आज त्यही भयो।”
ट्रम्पका अनुसार अमेरिकी युद्ध विभागले यो कारवाही अत्यन्तै कुशलताका साथ पूरा गरेको छ। उनले स्पष्ट पार्दै भने उनको नेतृत्वमा अमेरिकाले कट्टरपन्थी आतंकवादलाई कहिल्यै फस्टाउन दिने छैन। क्रिसमसको शुभकामना दिँदै उनले चेतावनी दिदै भने यदि हिंसा रोकिएन भने यस्ता थुप्रै आक्रमणहरू अझै हुनेछन्।
पछिल्ला केही महिनादेखि ट्रम्पले नाइजेरियामा रहेका क्रिश्चियनहरूको सुरक्षाका लागि चासो देखाउँदै आएका थिए। उनले अफ्रिकाकै सबैभन्दा धेरै जनसंख्या भएको देश नाइजेरियामा छिरेर भए पनि आफ्ना मानिसहरूको रक्षा गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रतिक्रिया